सहरको कथा ः डाँकाहरूले गर्धनमा खुकुरी विसाएर लुटे
माघ १५, २०७८, शनिबार | विहान ०४:३२ बजे | 25
कुमार लघु
सानैमा निकै परिश्रमी भाइ लक्ष्मणको कथा । उसको आमा मोहनकेशरी याकामी र बुबा बिष्णुभक्त याकामीको कोखवाट २०३६÷१२÷१९ गते पृथ्वीमा जन्म भएपछि जीवन कथा शुरू भयो । यी भाइको आमाको विवाह भएको हामीमध्ये युवा ठिटाहरूलाई थाहा छ ।
यी साना भाइ सानैदेखि मोटर ट्याकटरमा चलाउन खेल्न आत्तुर थियो । नभन्दै शिक्षालाई थाती राखेर ट्याकटर चलाउन स्कूल छोडेदेखि अहिलेसम्म नै यातायता क्षेत्रमा व्यस्त छ । उमेर १६–१७ वर्षदेखि लगनशिल भएर लागेकै छ । लाग्छ २०५० सालदेखि ०७८ सालसम्म व्यस्त छन् । लोकलदेखि मेची र माहाकालीसम्म गाडी कुडाउने र दुईचार पैसा कमाउन लागेको छ । यातायात क्षेत्रमा लाग्दा सुखदुःख भनेकै छन् । यातायात यस्तो भैसक्यो अमल झै भै वसे । घरमा बसे आम्दानी घट्छ ,मोटर चलाउन गए छोराछोरी जाहन वच्चा पाल्न सकिन्छ । आफूसित भएको सिपको उपयोग गर्नुपर्छ भने डाईभर भाई लक्ष्मण याकामीको भनाई र विचार छ ।
मानिस भएर विश्वको भ्रमण गर्ने लक्ष्य भएर पनि नेपालैमा वसेर आफ्नै परिवार र नेपालीको सेवा गर्न पाईरहेकोमा सन्तोष लिएको छ । ट्याटरदेखि १२ चक्काको ट्क चलाएर सामानहरू भारत,नेपालको पूर्व मेचीदेखि पश्चिम माहाकालीसम्म सामानहरू ओसारपसार गर्न सिपालु र मेहनत गर्न पाएकोमा अझै खुसी हुनुहुन्छ । लामो वाटोमा यातायात रातमा र दिनमा चलाउन पर्ने हुन्छ । डाईवर पेसा त नगरे नहुने हो । तलवमा चलाउन बाध्य छु । वर्षा याममा पहिरो आउने वाटो बन्द भएर कहिकतै त रातभरि भोकले मारिहाल्छ जस्तो स्थिती पनि वेहोरेको अनुभव उहाँसित छ, आखाँ आँसु राखेर सुनाउनुभयो । नेपाल वन्दको वेला लामोवोटोमा स्किटङ्गमा पनि गाडी चलाएको र माओवादी कालमा कहाँ कता कहिले गोलीले सत्ताउला भनेर मनमा ढुकचुक हुन्थो । खाना खाने ठेकान हुन्दैन् । दिनभरी मोटर चलाउने वेलामा रातभरी ठकान लाग्छ । जिऊ दुःखेको हुन्छ । जता थकाई लाग्यो उतै बास हुन्थो । डर, डाँका लाग्ने,वाघ ,भालुले लुछेर लैजाला जस्तो ठाउँमा पनि वास हुन्थो । डाईवरको जिन्दगी पनि के जिन्दगी जस्तो लाग्छ भनुहुन्छ । तै पनि डाईवरहरूलाई गाडी मालिकले अलि नराम्रो हेराईले हेर्नेहरू छन् । जुन काम पनि गाह्रो छ । चाडवाड परिवार शीत मेलमिलाप गरेर वस्ता ऊठन नि लगन जुडाउनु जस्तो गाह्रो छ ।
नेवाहरूको त हरेक महिनामा जस्तो एउँटा न एउँटा चाँड आईरहने नेपाली भाषी दाजु भाईलाई नै जानकार छन् । कतै पहिरो आउने वेलामा खाना महँगो र सामानहरू अचाक्ली मोल डबल तिरेर पनि खाएकै छु ।
जङ्गलमा पनि गाडी विग्रीएको हुन्छ । २०६२ सालमा डाँकाहरूले गर्धनमा खुकुरी विसाएर डाँका लागेको समय र घट्ना झल्झली याद आउँछ सर भन्नूभयो । त्यत्तिवेला केही रकम त लुकाउन भ्यायो । तै पनि थोरै मात्र पैसा लग्यो । जिऊ नै थरथर कापेको थियो ।
परिवारले बा अब दुःख नर्गनु भने वरोवर भनी राख्नु हुन्छ । लक्ष्मण याकामी भाइले २० वर्ष मोटर चलाई सके । तैपनि ऊ थाकेको छैन् । आरामले गाडी चलाउनुहुन्छ । अनुहार हेर्दा प्रत्येक दिन खुसी र आरामदायी नै देखिन्छ । कस्ता कस्ता साहुहरूको गाडी चलाइयो ? हेर्नुस् यो सोधाईलाई म मान्छु । यस्ता साहू पनि भेटाईयो नौनी जस्तो । वोली वोल्ने मालिक पाएँ । फेरि डाईवरलाई नोकर जस्तो कुकुरलाई जस्तो व्यवहार गर्ने टाठाबाठाहरू छन् । त्यस्ता मालिकहरूको वाली र गाडी नै नचलाए वेस लक्ष्मण जी ।
पैसा त कमाईयो होला भन्दा मुसुमुसु मात्र हास्नुहुन्छ । गाडी चलाएर जीवन बिताउन पर्ने रहेछ । गाडी चलाएर परिवारलाई जेनतेन जिन्दगी बिताउनलाई समयले आजसम्म त जिएको छु दाइ भन्दै दिनदिनै मोटरमा नै व्यस्त हुनुहुन्छ । सुख सयल भनेको जिवनमा यस्तै त हो ।
जीवन बाँचेसम्म काम गरेर जिवउन पाए वस भन्दा सुखदुःख क्षण आउने जाने भइरहन्छ । लक्ष्मण याकामीको जिवनमा सुखको वातावरणको आसा छ । धन्यवाद ,