हालखबर


माघ १४, २०७८, शुक्रबार | विहान १०:२५ बजे | 0


हालखबर

डा. इन्दुल के.सी.
यो छत्तिस जातको अच्चम्मको फूलवारी
अनेकौ यहाँकाचतुरहरुले अनेकौ फूल टिप्दै छन् ।
मलजलगोडमेल गरी स्याहार गर्ने
ति सोझामालिलाई पत्तै भएन छ ।
यत्रतत्र बगर र नदीकिनारहरुमा
चट्टानहरु र अनेकौं खानिहरु खोतलिदैछ ।
चुरे–भावर र पाहाडहरु छेद–बिच्छेद गरी
कसैले शालिग्राम, कसैले गिटी वालुवा लुड्याउदै छन् ।
पाहाडमा पहिरो जावस के मतलव?
नदीमा बाढीआवस् या गाउँघर नैबगाओस के मतलव ।
चलाकचतुर माझिहरु आपसमामिलेर
आ–आफ्नो जालैमा सुनको माछा पारेका छन् ।
हिजो आजअखवारमाखवर छापिदैछन्
भ्रष्टाचारको सूचकाङ्कमा नेपालयथावत छ ।
जताततै बिचौलियाहरुको बिगबिगी छ
धर्मशालाहरु होटल चलाउने ठेक्कामा छन् ।
कोहि बेश्यालयचलाउननगर–बधुहरुबटुल्दै छन्
कोहि जवान नेपालीलाई बिदेश निर्यातगर्दैछन् ।
जताततै तश्करहरुको बिगबिगी छ ।
राज नेताहरु,प्रशासकहरु कानमा तेल हाल्दैछन् ।
मितिः २०७८ माघ १३


Comments