म तिमी जस्तो होइन..........
माघ १२, २०७८, बुधबार | दिउँसो १२:५४ बजे | 60
कुमार लघु
१
तिमी जस्तो छौ, म उस्तै होईन
साथी दौतरीहरूसंग खेले घुमे रमाए
छोरोले खेत खने साग बोके
धान काटे पराल सुकाए गहुँकाटे चुटे
२
छ्वाली बोके कुन्नी लाएँ बेचे
साग उमार्न खेतखनी ठेला उठ्यो
ठेला चिर्नदिन अस्पताल डौडिए
शिक्षा आर्जन गर्न साथीसंगि सित लागे
३
स्कूल कलेज र विश्र्वविध्यालय धाए
शिक्षामा एम एड गरे
शिक्षक भई चालीस वर्ष केटाकेटीसंग खेले
आफूले शिक्षण सिकाई गरे
४
शिक्षणसिकाईले आत्मसन्तोष छु ,
तिर्थस्नान गर्न सुनसरी वराहदेखी गण्डकी
लुम्विनी ,कोशी र माहाकाली यात्रा गरे
राजनीतिमा पंचायत व्यवस्था
५
धरासाहि पार्न लागे
पंच्चहरूले जेल नौ महिना हाल्यो
बहुदलवादी भई राजनीतिमा लागियो
आफैले आफैलाई कवि वन्न कविता लेख्दै गरे
६
कहिले काहीँ डिगज कविहरूको फाँटमा
बसिबसाऊ भयो
ए ! कुमार लघु भनेको तपाईं भनेको सुने ,
निबन्ध लेखेर मूठभेडमा रणक्षेत्रमा लागे
७
कति पटक जितियो थाहै भएन् ।
सामाजिक सस्था खोल्न लागियो
वचत सस्था खोलेर बचत गर्नपर्छ
भने भावनामा टोलवासीलाई घचघच्याई गरे ।
८
म तिमी जस्तै विना लगानी तहलिन्दै वसे
कोही भन्थो तिमी बनाउने अरूले ओट लाउने
बिना लगानीकोमा फाइदा नलिने सेवा त्यागगर्ने
मन नै आनन्द जग खनेर सस्था खोल्ने आहा !
९
जीवन त आत्मा सन्तोषले चल्दोरहेछ
मनले भन्छ मेहनत गर फल प्राप्त भैहाल्छ
जिवनमा सकेको अर्कालाई मद्त गर्नपर्छ
धन कमाउन सकुला नसकुला त्यो आफ्नै
ठाउँमा छदैछ
१०
मेरो आमा बुबा बाजे र बजै खाँटी
किसानको परिवार सोझोसिधा
भएको खाने गहुको रोटी मकै र भटमास
खेती मेरो बुबा र बाजेले चर्चेको जग्गामा
११
खेल्न पाएर हाल मेरो मनले चन्चल्ता पाएको छु
म तिमी जस्तो बनेर बन्न सकिने होईन
म त जान्दिन लपनछपन बाईस र तेईस कुरा
बस आफूले सबैको भलो चाहेको छु ।
२०७८÷१०÷११ गते