सामन्तका अवशेष
माघ १०, २०७८, सोमबार | विहान ०९:२३ बजे | 20
रामकृष्ण प्रजापति
सामन्त आफै तानाशाही
शोषणमा आधारित
उ कति कठोर छ ।
ऊ सिद्धान्त त प्रतिगामी
उच्चकोटीमा राजा र जमिनदार
निम्नस्तर किसान र दास
एक दलीय जहानियाँ शासन ।
अग्रगमन वा प्रगतिशील,
उसलाई सर्वथा अस्विकार्य
व्यक्तिगत स्वार्थ र भ्रष्टाचार
उसले निर्माण गरेको दासप्रथा
उसका अवशेषहरु ।
उसलाई मन पर्दैन
राजभक्तिको स्थानमा देशभक्ति भएको ।
उसलाई झनै मन पर्दैन
भूमिसुघार भएको
किसानहरुलाई अधिकार दिएको ।
जमिनदार र भूमिपतिहरु बोकेर अँध्यारो रातमा
राजा बनी उ देवताको आवरणमा ।
उसको देवत्वकरण
मौलाएकै छ युगौँदेखि
किसानहरुको गुलाममा ।
सामन्तवादमा प्रजातन्त्रलाई निषेध गर्न
उ चाहन्छ किसानहरुलाई राख्न अनपढ÷अँध्यारोमा ।
म देख्दै छु
जमिन जोतेर आफ्ना नाम नभएकाहरु पनि
पञ्चायतकै मण्डलेहरुको भयले भएका छन् हायलकायल
भूमिसुधार भएर पनि आफ्नो नाम गुमनाम गरेर ।
बढेको छ किसान अन्दोलनहरु
खेत खलियानहरुमा
मोहियनी हक आन्दोलन,
भर्पाई आन्दोलन,
साढे धपाउने आन्दोलन,
प्रजातन्त्र÷लोकतन्त्रहरुमा
शिक्षा, स्वस्थ्य÷परिवर्तनहरुमा ।
सामन्तको भ्रष्टाचार,
व्याप्त छ कणकणमा
भ्रामक सुधारीएको पञ्चायतजतिकै
पुँजीवादी प्रजातन्त्र र गणतन्त्रमा
भ्रष्टाचार छायाँजतिकै संगसंगै छ ।
नापी आउँदा फिल्डबुकमा किसानको नाम
अहिलेसम्म जोतकमोत गर्ने हामी किसान काम
खेतको श्रेस्ता आउँदा अर्कैको नाम
जग्गाधनी प्रमाण पूर्जा हरामको नाम
बाँधिएको छ व्युरोक्रेसीको सिक्रिले
नपाएर सत्यपक्षमा समयले कोल्टो फेर्न
बाध्य छ चुपचाप बस्न कानुनले ।
असत्य जतिसुकै बलबान होस्
जतिसुकै धनी बनोस्
जसरी,
टिक्न सकेन हिटलर
जसरी,
बाच्न सकेन पाँच हजार सेना भित्र रहेका राजपरिवार
जसरी अमेरिका,
टिक्न सकेन अफगानीस्तानमा
उसैगरी,
परास्त हुनेछ सामन्तका अवशेषहरु
किसानको खेतमा झुलिएका धानका बालासंग
भ्रष्ट कर्मचारीलाई चुनौति दिँदै
भ्रष्टचारले गाजिएको मालपोत र भूमिसुधारमा
व्युरोक्रेसीको सिक्री चुडाल्दै
उभिने छ,
कानुनभन्दा माथि उठि सत्यको पक्ष
जगमगाउने छ किसान आन्दोलन
विचारको क्रान्तिमा, न्यायको पक्षमा ।
दासताको जन्जिर बोकेर कालरात्रिमा
बाँच्नु छ भने मर्न सिक
पाइला पाइलामा लड्न सिक
रातो किताबले सजिएको
हतियार बोक्न सिक
परास्त हुनेछन्,
स्वार्थ र भ्रष्टले बेरिएको
सामन्तका अवशेषहरु भएको पुँजीवाद ।
अन्तत ः
निर्मूल हुने छ भ्रष्टाचार
बन्नेछन् आर्दश समाज
एक किसान आफ्नो अधिकार सुरक्षित गरेर
मजदुर किसानको हित सुनिश्चित हुनेछ ।
धन्यवाद !