युध्दको संघारमा छौ ...?
माघ ९, २०७८, आइतबार | दिउँसो १२:५५ बजे | 45
कुमार लघु,
नेपाल भन्दा पछि भारत पता लगेको
भारत भन्दा नेपाल जेठो मुलुक हो
नेपालको भूभाग भारतले थिचोमिचो गरे
नेपालीको छिमेकीलाई लादप्याद वढि
नेपाली जनता छिमेकीसित सह्यएर वस्यो
सहनु पनि नेपालीको ठूलासित बाध्यता भो
वर्तमानमा कालापानी भारतले छोडेन किन ?
अर्काको देशको भूभागमा हस्तक्षेप गर्छाै किन
नेपाली नेता अदूुरदर्सि बेलामै आवाज घन्काउँनु
यहाँ दुईको लडाईको परम शंम्भावना देखियो
नेपाल सरकारसंग के छ ? खोई छिमेकी तयार भाको
चिन र भारतको परिसक्यो घम्साघम्सी नेपालीले नाच्ने
भारतले सिमानामा हतियर थुप्राई सक्यो र चिनले पनि है !
नेपाली त्यहि चुच्चे नक्शा भन्दै वस्ने बेला होईन
हाम्रा शैनिकहरूले पाखुरा तन्काउला
खोई काहँ लुक्ने हो ,नेपाली बंकर खनेको छ ?
लाटाले हेरेको झै तोलाएर बस्ने के के हो ?
यस्तो तालले नेपाल रहला ?
अरू मुलुकको गुलाम गर्नेहरू प्रधानमन्त्री !
गृहमन्त्री र पर्यटन मन्त्री त्यही ड्याङकको मूला ?
खोई देशभक्ति भावना लाटाले केरा हेर्या जस्तो
मिल्छ नेपाली दाजुभाई ,
अह् मिल्दैन्
उठ् जाग नेपाल जोगाउन बन्दुक र मिसाईल लिएर
लडाई,वार्ता र सम्मेलन गरि देश जोगाऔँ
लडाईमा खान र लाउन के छ वन्दोवस्त ?
लडाईको अनुमानहरू भयो ?
उहिले भन्यो १८ वर्षकालाई प्रशिक्षण देऊ
लडाई र शत्रु पक्षसित मूठभेड गर्नलाई तालिमहरू
आज ओठ र जिब्रो तोकेर के गर्ने ?
बेलैमा दिमागमा बल र वुध्दिले सोच्नु पर्ने खोई ,
अब कस्नु लडाईको लागि गुन्ता र नेपालको नक्शा
नेपाल सबै एकधिका हुने वेला हो ?
आफ्नो देशको सिमाना कायम गर्न उठ्
चिनवाट पनि साथ र सन्देश लिऊ ।
विचार र विमर्श छिमेकी उत्तरवाट लिऊ
देशको सिमा नै हाम्रो प्राण हो ।
हामी युध्दकोसंघारमा छौ हो ?
युध्दको संघारवाट कसरी वच्ने ।
२०७८÷१०÷०९ गते ।