कोरोनाबाट एकैदिन १६ जनाको मृत्यु
माघ ८, २०७८, शनिबार | विहान ११:१८ बजे | 30
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन्। जसमध्ये काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना रहेका छन्।
सोही क्रममा ७०८ जना संक्रमणमुक्त भएका छन् भने हाल ७२ हजार ८६२ संक्रिय संक्रमित छन्।
यस्तै, कोरोनाबाट १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।