किन बन्द गरियो सूर्यविनायक नगरपालिकाको कार्यालय ?


माघ ४, २०७८, मङ्गलबार | विहान ०९:४३ बजे | 25


किन बन्द गरियो सूर्यविनायक नगरपालिकाको कार्यालय ?

सूर्यविनायक । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कार्यालय मंगलबार बन्द गरिएको छ । सूर्यविनायकको कटुञ्जेमा रहेको कार्यालय मंगलबार विहानदेखि कार्यालय प्रवेश गर्ने मुख्य कार्यालय वन्द गरी सेवा वन्द गरेको थियो । कार्यालयका २२ जना कर्मचारीहरुलाई कोरोना लागेपछि कार्यालय वन्द गरेको हो । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कँंडेलसहित २२ जना कर्मचारीहरुलाई कोरोना लागेको नगरपालिकाले जनाएको छ । कार्यालयमा कर्मचारीको मात्रै आवतजावत गराइएको थियो ।  
नगरपालिकाले जनाए अनुसार हिजो सोमबारसम्ममा कार्यकारी अधिकृतसहित १४ जनालाई लागेको थियो । त्यही भएर मंगलबार पनि कार्यालय प्रवेश गर्ने मुख्य गेट नै वन्द गरी कर्मचारीहरु पीसीआर टेष्टमा जुटेका थिए । यही कारण सेवा वन्द गरिएको थियो ।
उता सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेलमा वडा अध्यक्ष उपेन्द्र केसीसहित धेरैजनालाई कोरोनाले सताएपछि कार्यालय नै बन्द गरी विदा दिइएको छ । वडा प्रशाशकीय प्रमुख अत्युतम खत्रीले वडा अध्यक्ष, सदस्यहरुसहित कर्मचारीहरुलाई पनि कोरोना देखिएकोले मंगलबारदेखि माघ ७ गते शुक्रबारसम्म वडा कार्यालय वन्द रहने सार्वजनिक सूचना जारी गरेको थियो ।
भक्तपुरमा सूर्यविनायकसहित भक्तपुर, मध्यपुर थिमि, चाँंगुनारायण गरी चार वटा नगरपालिकाहरु छन् । यीमध्ये झण्डै एकहप्ता अगाडि मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई कोरोना भएको थियो ।  



Comments