शिव शिखरको एटिएम अव पोखरामा पनि
माघ ३, २०७८, सोमबार | दिउँसो १२:३१ बजे | 25
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था कास्कीले पोखरामा पनि आफनो एटिएम सेवा विस्तार गरेको छ । भक्तपुरमा मुख्य कार्यालय रहेको संस्थाले भक्तपुर कमलविनायकस्थित मार्टमा पहिलो पटक एटिएम सेवा सुरु गरेको थियो ।
भक्तपुरपछि दोश्रो पटक पोखरामा एटिएम सेवा थालेको संस्थाका महाप्रबन्धक लीलानाथ गौतमले जानकारी दिनुभयो । संस्थाले भविष्यमा आफनो मार्टहरु भएको देशका विभिन्न स्थानहरुमा पनि एटिएम सेवा विस्तार गर्ने योजनाकासाथ काम अगाडि वढाइरहेको छ ।