आजदेखि भक्तपुरका स्कुलस्कुलमा मोडर्ना खोप अभियान सञ्चालन


पुष २७, २०७८, मङ्गलबार | विहान ०९:०३ बजे | 5


आजदेखि भक्तपुरका स्कुलस्कुलमा मोडर्ना खोप अभियान सञ्चालन

भक्तपुर नगरपालिकामा आजदेखि कोभिड–१९ विरुद्धको मोडर्ना खोप अभियान सञ्चालन भएको छ । भक्तपुरका बालबालिकालाई अमेरिकन कम्पनी ‘मोडर्ना’ खोप अभियान सञ्चालन गरिएको हो । भक्तपुर नगरपालिकाले पहिलो चरणअन्तर्गत भक्तपुर नगरपालिकामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई २०७८ पुस २७ गते मंगलबारदेखि खोप अभियान सञ्चालन गरेको हो । खोप अभियान बिहान ९ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने र खोप लगाउन विद्यार्थीहरुले विद्यालयको परिचयपत्र अनिवार्य साथमा ल्याउनुपर्ने प्रावधान बनाएको छ । साथै खोप अभियानको लागि भक्तपुर नपाले विभिन्न विद्यालय तथा कलेजहरुमा खोप केन्द्र तोकेको छ ।

Comments