आफैले आफैलाई चिनौ


पुष १९, २०७८, सोमबार | दिउँसो ०२:५२ बजे | 20


आफैले आफैलाई चिनौ

कुमार लघु
आफले आफैलाई चिन्नु जरूरी छ
आफू को हु थाहा लिनैपर्छ पक्कै

जब आफैले आफैलाई बिर्सीन्छ
उसले परिचय नै दिन बिर्सेको हुन्छ

आफूले आफ्नो वंशको नाम राख्नपर्छ
छातीमा हात राखेर आफ्नो कूल थाम्नुछ

आफूलाई बिर्सीएर अरू हुन खोज्नु गलत
आफूलाई चिनेर आफू गर्बले आफू बन्नुपर्छ ।

म त साचिकिसानको छोरो खेतवारि गर्छु
आहा हरियो सागको ताजा तरकारी खान्छु

ए किसान दाजुभाइ भन्नुभयो भने गर्छु गौरब
यो देश किसानहरूको सगरमाथा नेपालमा ।

सगरमाथा हो शिरको चुचुरो हिमाल सेतामे
हिमालमा हिऊ हिमनदी भई बग्दछ सेतो सुन ।

Comments