एमसीसी
पुष १९, २०७८, सोमबार | विहान ०९:५१ बजे | 30
पदम दाहाल
अखडा नबनोस् देश सैन्य सेना नहून यहाँ
विकास आसका रास धोका धाक नहून यहाँ ।१।रणभूमि नहोस् मेरो देश शेष कुनै दिन
लगानी झुटको खेती अनुदान नभैकन ।२।
छिमेकी मेल भत्काई कुचक्री किन छिर्छ रे
स्वाधीन वास रित्याए धोकेबाज ठहर्छ रे ! ।३।
रहन्न हुन्न अस्तित्व राष्ट्र नेपाल हुन्छ र ?
गिद्घे टृष्टि पराईको बाढी पैरो खनिन्न र ? ।४।
कौटिल्य कुटुनी एम्सी अस्त्रधारी यहाँ नहून्
खेल झेल दुबै द्रोही गोही बिच्छी कुनै नहून् ।५।
भस्मकारी जुटाएर भस्मासुर बनौं किन ?
सचेत हांै खुलून् आँखा माया गर्छ र धामन? ।६।
गलपासो कि यो ब्वाँसो एम्सी धाप धरापको
विधाता विधि मिच्तैछ विधान विपरीतको ।७।
नभित्र्याऊ रुवाबासी अहोरात्र कृतज्ञ भै
आमा नग्न बनाएर के हेर्छौ रमिता सधैँ? ।८।