ई व जि नामक कविता संग्रह भक्तपुरमा बिमोचित
पुष १७, २०७८, शनिबार | दिउँसो ०१:२६ बजे | 20
भक्तपुर । नेपाल भाषामा लेखिएको ई व जि नामक कविता संग्रह भक्तपुरमा बिमोचन गरिएको छ । भक्तपुर नगरपालिका भोलाछें स्थायी घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं.८ लुथाँबु बस्दै आएका साहित्यकार तथा कबि त्रिरत्न शाक्यद्धारा नेपाल भाषामा लिखित ई व जि चिनाखँ मुना अर्थात (समय र म कविता संग्रह) बिमोचन गरेको हो ।
विराट नेपाल भाषा साहित्य सम्मेल गुठी भक्तपुरले निकालेको कितावमा २६ वटा चिनाखँ (कविता) समावेश गरिएको छ । कितावको मूल्य १५० रुपैया राखिएको छ । कितावमा देशमा भैरहेको बिकासको नाममा सम्पदा मासिदै गरेको, गरिव तथा जातिय दमन, राजनितिक अस्तव्यस्ता जस्ता समसामयिक बिषयलाई समेतिएर लेखिएको कविताहरु छन् ।
बिभिन्न नेपाल भाषाका संघसंस्थाहरुमा आवद्र्ध कवि शाक्य अहिले बौद्ध संघ भक्तपुरका अध्यक्ष हुनुहुन्छ । साहित्यकार तथा कवि शाक्यका यो भन्दा पहिला नेपाल भाषा कै दुइ वटा कविता संग्रह निकाली सकेको छ ।
उहाँद्धारा लिखित पहिलो कविता संग्रह न्ह्योलं पाचिने मफुगु विश्वास (नेपाल संम्वत ११०९मा) दोस्रो जङ्गबहादुरया सल (नेपाल सम्वत ११३१) यो तेस्रो ई व जि (११४२) हुन् ।