नाच


पुष १४, २०७८, बुधबार | विहान ०४:५० बजे | 45


नाच

डा इन्दुल केसी
स्वच्छ आकाशमा स्वतन्त्र भै
पुतलीहरु स्वेच्छामा नाच्छन् ।
    भोक प्यासको कुनै पर्वाहै नगरी
    केटाकेटीहरु मस्त भै पुतली नाचमा ।
बार डान्स, डिस्को डान्स, दोहरी साँझमा
रक्स्याहाहरु नसाले बेहोस भै नाच्छन् ।
देशको बागडोर सम्हालेकाहरु
राष्ट्रको ढुकुटी रित्याइ भक्कु नाच गर्छन् ।
देशै खरानीमा परिवर्तन भएतापनि
नेताहरु देश स्वाहा गरी भस्मासूर भै नाच्छन् ।
    नव साम्राज्यवादी शक्तिशाली राष्ट्रहरु
    गरीब राष्ट्रहरुलाई कठपुतली बनाइ नाच्छन् ।
विवसतामा जकडिएका निमुखा जनता
अभिलासाको दिवा स्वप्नमा नाच्छन् ।
बुढाबुढीहरु भजन किर्तनमा मग्न भै
देवीदेवताहरुको धार्मिक नाचमा लाग्छन् ।
    धर्मात्माहरु स्वर्गमा अपसराहरुसँग नाच्छन्
    पापीहरु कुम्भीपक नर्कमा छट्पटाई नाच्छन् ।

Comments