कस्तो जाडो हो
पुष ७, २०७८, बुधबार | विहान ०४:४४ बजे | 25
कुमार लघु
यो वर्षको आयो है जाडो हो जाडो
यतातिर ओमिक्रोनले पेल्दै ल्यायो
धेरै कुराले वच्नु पर्छ है दाजु भाइ
हेर्दा त जाडो हो नि जस्तो लाग्छ
कुनै कुरालाई हेलचेक्र–र्याई नर्गनुस्
जोखिम मोल्नु पर्ने हुन्छ सतर्क रहनुस्
पूर्वसमयमै सतर्क रहनु नै असल
जीवन मरणको सवाल मोल्नस पर्नेहुन्छ
विशेष गरीकन बच्चा, बुढाबुढीहरू बच्नुपर्छ
जाडोवाट बच्न न्यानो लुगा र खानापानी ,
जसले नि लाउन र खाना खानुपर्छ ।
जाडोले कसैको पनि ज्यान जानसक्छ
कुनै वेला गरिव असाहायलाई माया गरौँ,
सकेको सहयोग र मदत गर्ने गर्नुस्
जाडोले गरिव र असाहायहरूलाई पेल्छ
जाडोले धनी गरिव असाहाय भन्दैन
जो कमजोर छन् रोगले आक्रमण गर्छन्
धनीले पनि गरिवहरूलाई मद्त गर्ने बेला हो
गरिवले नि धनीलाई चिनिने मौका हो
जसले मानव सेवाको अर्थ थाहा लिया छ
उसले गरिवहरूलाई माया गर्ने बेला हो ।
धनिको पनि मन सहयोगमा मन तताउने ,
गरिवले धनीलाई आशिर्वाद दिने यत्ति बेला हो ।
जाडो नि अति भो गरिवको बेथा कथा अहिले
जाडोले शरीर थुरथुर काम्ने र कापने जाडोले ,
हे ईश्वर गरिवलाई नि दया र माया गरिदेऊन ।