एमसीसी सहयोग होइन, विष नै हो, पारित हुन दिन्नौ ः नेमकिपा


पुष ५, २०७८, सोमबार | दिउँसो १२:१६ बजे | 15


एमसीसी सहयोग होइन, विष नै हो, पारित हुन दिन्नौ ः नेमकिपा

भक्तपुर । नेपाल मजदुर किसान पार्टीले आगामी दिनमा एमसीसीविरुद्धको आन्दोलन थप चर्काउने भएको छ । देशको समसामयिक राजनीति तथा पार्टीको हालै सम्पन्न ३२ औ परिषद्ले गरेका निर्णयहरुबारे जानकारी दिन सोमबार भक्तपुरमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष विजुक्छेंले एमसीसीविरुद्ध सकड र सदनबाट चालू रहेको आन्दोलनलाई थप शशक्त बनाउने बताए । पार्टीले हालसम्म देशभरका ७० ठाउँंहरुमा एमसीसीबिरुद्ध सभा गरिसकेका छन् ।
हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धन तथा नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप एवम् नेपाललाई भारतको प्रदेशजस्तो बनाउने एमसीसी सम्झौता अमेरिकी सहयोग होइन विष नै हो, पार्टीको निर्णय सुनाउँंदै उनले भने, देशघाती एमसीसी सम्झौता अविलम्ब खारेज गर्न यो परिषद् प्रतिनिधिसभा, सरकार र शासक दलहरूको ध्यानाकर्षण गराउँदछ । उनले एमसीसी सम्झौता खारेज नभएसम्म जनतको समेत साथ लिएर सडक र सदनबाट संघर्ष चालू राख्ने जनाए ।
अर्काे फरक प्रसंगमा उनले प्रमुख प्रतिपक्षको अवरोधवीच संसद चालू राख्न नहुने बताए । यस्तो बेला संसद चल्नु उपयुक्त नहुने धारणा उनले राखे ।
अरु दलहरुले अवरोध गरेको भए एउटा कुरा, प्रमुख प्रतिपक्षले नै अवरोध गरेपछि यो यस्तो अवरोधवीच संसद चालू राख्नुको औचित्य छैन, उनले थपे, प्रमुख प्रतिपक्षविनाको संसदको कुनै महत्व छैन, यसकारण समस्याको समाधानपछि मात्रै संसद चलाउनुपर्छ ।
अहिले प्रमुख प्रतिपक्ष नेपाल कम्युनिष्ट पार्टी एमालेको अवरोधवीचमा पनि निरन्तर संसद चल्दै आएको छ । प्रमुख प्रतिपक्ष एमालेका साँंसदहरुको निरन्तरको अवरोधवीच पनि संसद नियमित रुपमा चालू रही ्विधयेकहरु निरन्तर पास भइरहेका छन् । पार्टीको ३२ औं परिषद् पुस २ र ३ गते भक्तपुरमा बसेको थियो ।
 

Comments