कटुन्जे तज टोलमा श्रीमानद्धारा आफनै श्रीमतीको हत्या
पुष ५, २०७८, सोमबार | विहान १०:४० बजे | 25
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ५ कटुन्जे तज टोलमा डेरा गरी बस्ने बर्ष २८ को जीवन राईले आफ्नो श्रीमती बर्ष २५ की मन्दिरा राईलाई हत्या गरेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले मन्दिरालाई मृत अवस्थामा छाडी फरार रहेकोमा प्रहरी अधिकृतसहितको टोली खटीई फरार जीवनलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप आवश्यक अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।