अर्कालाई जे जस्तो .....
पुष ३, २०७८, शनिबार | विहान ०३:४३ बजे | 20
कुमार लघु
(१)
आफूले अर्कालाई जे जस्तो खोज्छौ बनाउन
तिमीलाई पनि अर्काले जे जस्तो खोज्छ बनाउन
अर्कालाई पानीमा मुनि आँखा खोल्न दिने तिम्रो
तिमीले गरेको व्यवहार अर्काले थाहा लाग्छ
(२)
काग पनि निकै चतुर र आर्कालाई पछार्ने हुन नि
जसरी कागको चलाखी अर्काले थाहा पाए !
अर्काले आफ्नो विरूध्द गहिरो खाल्डो खन्छ
आफ्नो मात्र बुध्दि हुन्छ भनेर सोच्ने होईन्
(३)
आफ्नो जस्तै अर्काको पनि सोच र विचार हुन्छ
अर्कालाई नोक्सान गर्ने होईन भलो गर्ने सोच
तब मात्र अर्काले आफ्नो भलो गर्ने हुन्छ
त्यही हो एउँटैथालमा खाएकाले नि साथ छोड्छ
(४)
आफू एकलाएकलै भएर जीवन असफल हुन्छ
समयमै तिमी कहाँ छौ,साथी भाईलाई नछोड
समय अगाडि बढेपछि पश्चाताप गर्न पर्ला !
बेलैमा थाप्लामा घामले चिसो पार्ने काम छोड्नु
(५)
तिम्रो सद्बुध्दि पलाओस् तिम्रो नै हुन्छ जय
कुभलो कहिले नचिताओस् जिवनमा तिमीले
जीवन सार्थक बनाउन अर्काको जय बनाऊ
यो कविता पढेर मनले सोच यो कविता किन ?
तिमीले नचाहेर यो कविता किन लेखे होलान्