कस्तो गजब ..........


मंसिर २८, २०७८, मङ्गलबार | विहान ०४:४१ बजे | 20


कस्तो गजब ..........

कुमार लघु
(गद्य कविता )
 
वर्तमानमा आफ्नो नाम आफैआफै राखेछ
नेता जति चोर रे ! भाग्यले पाएको
डोकोमा दूध दोए पनि अडेको
क्या गजब जनतालाई
नेता भए नि के ?
चोर भए नि के ?
हत्याराहरू भए नि के ?
पैसा,पद,प्रतिष्ठा,समर्थकहरू
र हत्यारा भए नि के ले लछार्छ
चुनावताका चुनाव जित्नलाई
पैसाले मत किनेर जिति हाल्छु
सबै जनता मेरो समर्थक हुन्न ,
धाक धक्कु ,पौरख मेरै हुन् ,
जसले जे भनोस्
चाहिने वेलामा जस्तो पर्छ ,
म र मेरा समर्थकले निर्णय दिनेछ ,
कस्तो गजब त्यति बेला देखिनेछ !
कसलाई थाहा छैन ?
म के गरि कसरी यहाँ आई पुगियो ?
म आफैलाई थाहा छैन,
जनतालाई थाहा छ
जनताले आवश्यक थाने
मलाई यहाँ पु–र्यायो
म यहाँ छु बस
संसार यसरी नै चलेको छ ।

Comments