श्रृजनानगर (नपली) मा आधारभूत स्वास्थ्य सेवा केन्द्र सुरु


मंसिर १६, २०७८, बिहीबार | विहान ०५:१९ बजे | 35


श्रृजनानगर (नपली) मा आधारभूत स्वास्थ्य सेवा केन्द्र सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाद्धारा श्रृजनानगर (नपली) मा आजबाट आधारभूत स्वास्थ्य सेवा केन्द्र सुचारु गरिएको छ। भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले उद्घाटन गरेका थिए।


भक्तपुर नगरपालिकाका स्वास्थ्य संयोजक एवंम् ख्वप अस्पतालका डाक्टर रत्नसुन्दर लासिवाले आधारभूत स्वास्थ्य सेवामा १ जना डाक्टर, १ जना  पारमेडिक र १ जना स्टाफ नर्स १ जनाले सेवा दिने जानकारी गराए।

उनले विहान ७ बजेदेखि २ बजेसम्म सेवा स्वास्थ्य सेवा खुल्ने उनले जनाए। त्यहाँ अस्थायी परिवार नियोजन तथा खोप सेवा डेसिंङ सेवा, विमाअन्र्तगत पाइने निःशुल्क औषधी वितरण गर्ने उनी बताउँछन्। साथै क्षयरोगका विरामीहरुको डट्स कक्षको सुविधा छ, उनले भने।

फाेटाेमा हेर्नुहाेस्...

श्रृजनानगर (नपली) मा आधारभूत स्वास्थ्य सेवा केन्द्र सुरु

Comments