जीवनाथ अधिकारी
यौटा प्रज्ञा कुसुमित हुँदा देश हाँस्तो रहेछ
पङ्खा खोली मुजुरगतिमा प्रेम नाच्तो रहेछ ।
आत्मा बोली कविहृदयले गीत लेख्ता रहेछन्
प्यारा मान्छे कलमरङमा प्रीत भेट्ता रहेछन् ।।१।।

नौलो धर्ती नव नव कला मेघले सिर्जिँदो छ
कालो धब्बारहित मनले स्वच्छता गर्जिँदो छ ।
भ्रष्टाचारी कपट मनको खुर्किई स्वार्थ फालूँ
माछापुच्छ«े शिखरसरिको स्वच्छ संसार पालूँ ।।२।।

आस्था–माटो शिरकुसुम हो नित्य अग्ली रहन्छ
नेपालीका मन र मुटुमा स्नेह पग्ली रहन्छ ।
बत्ती बल्दा पनि हृदयको तारको झन्झनामा
रच्छे नौलो अमर कविता न्याउली सम्झनामा ।।३।।

देखिन्छन् रे युवकयुवती झुल्कँदो घामजस्ता
भेटिन्छन् रे हर समय यी शारदी यामजस्ता ।
पढ्छन् हाम्रा अपठित पनि  ज्ञान–पन्ना उघारी
मेट्छन् तिर्खा क्षुधित मनले वेदका मन्त्र खारी ।।४।।

घण्टा बज्छन् जब घनन भै बुद्धका लुम्बिनीमा
मायादेवी सरस नयना गाउँछिन् स्रग्विणीमा ।
हावा चल्दा सकल द्रुमका हल्लिँदा पात पात
सिङ्गै धर्ती धपधप बली शान्ति बर्सिन्छ खात ।।५।...

All Comments.......


Please Login/Register To Comments