वर्तमान नेपालको तस्बिर
मंसिर १२, २०७८, आइतबार | विहान ११:४९ बजे | 30
डा इन्दुल केसी
प्रायः सबै पार्टीहरुमा अधिवेशनको माहोल छ ।
गुट, उपगुट, फुट, जुट अन्योलको मौसम छ ।१
गाली गलौज कटाक्षका साथ नारा घन्किएको छ ।
आँखामा छारो हाल्ने, छलछामे विकासको योजना छ ।२
चुनावमा जितेर पार्टी नेतृत्व र सरकार हत्याउने दाउ छ
मन्त्री बनेर राष्ट्रिय ढुकुटी सोहोर्ने मनसाय छ ।३
मित्र राष्ट्र भनाउँदाहरु नाना सहयोगको नाममा झुक्याउने दाउपेच गर्दैछ ।
नेपालको भौगोलिक सिमाना जताततै खुम्चिदै छ ।४
विदेशीका दलाल नेताहरुले गर्दा राष्ट्रको गौरव गिर्दै छ ।
स्वतन्त्र सार्वभौम नेपाल, संविधानको कागजमा सिमित छ ।५
नेपालीहरुको यो दशेमा के छैन ? सबथोक छ ।
अनैतिक, अत्याचार, व्यभिचार सर्वत्र व्यापक छ ।६
अख्तियार दुरुपयोग छ, न्यायालयमै अन्याय छ ।
विचौलियाहरुको बिगविगी छ, हरेक कुरामा मिलावट छ ।७
कलमबाजको कलममा मसी सुकेको छ ।
बुद्धिजीवी भनाउँदाहरुको बुद्धिजाम भएको छ ।