ख्याकले तर्साउँदो रहेछ !
मंसिर १०, २०७८, शुक्रबार | दिउँसो ०१:१७ बजे | 30
कुमार लघु
आलुको खेती गर्नेवेला
त्यो आलुबारीमा ख्याक हुन्थो
आलुबारीमा साँढेले खान सक्यो
त्यसैले साँढेलाई झुकाउनलाई
आलुबारीको हेर विचार गराउन ,
आलुबारीमा ख्याक राख्ने चलन थियो ।
यहाँ आलुबारीमा वस्ने ख्याक मातियो
आलुबारीको ख्याकले सतायो
जो सताईले
नेपालमा आलुबारीको ख्याकले
आन्दोलनमा तर्साई रहयो
त्यो ख्याकले आलु रोप्न जानेलाई
गेटैदेखी सक्कली ख्याकको राजदण्दले
कालो कोटको लगाई र मकै भुट्ने हाडींले
लखेते
लथेब्रोले हेरेको हेरै गरे
दलले ख्याकको अभिनयको
कुनै वचन बोल्ने आँटसम्म गरेन ?
दुई हातको कसिलो समाईले र सम्झौताले
जो चोरलाई न्याय दिन्छु भनेर
पिपल बोटको चुचोमा झुण्डी रहयो
दलहरूले लगौती कसाउन व्यस्त रहयो ।
कस्ता कस्ता सन्धी र सम्झौता हो?
जनता आश्चर्य चकितछन् !
सरकार अन्धोछन् त ?
आफूलाई फाईदा छन् त
चुईक बोलेन
ख्याकहरूको समर्थनमा छन् ,
सरकार भागवण्दाको रणनीतिले
बोल्नेआँटले चुकेको छ ,
त्यो त जगजाहेर नै हो ,
सरकार लाचार वने कुरा होईन
त्यो नाटक मञ्चनले मख्ख छन् ।