यात्रा अनुभव पाथिभराको


मंसिर ७, २०७८, मङ्गलबार | विहान १०:३० बजे | 65


यात्रा अनुभव पाथिभराको

कुमार लघु
एक दिन आफ्नै निबासमा बस्दै गर्दा भिन्तुना बचतको बहिनी भ्रमणको चिठ्ठी लिएर टुप्लुक आईपुग्यो । मनले रहर मान्यो र जानुपर्छ भन्ने सोचें । नाम दर्ता गर्नलाई सय रूपियाँ लियो । अरू खानपिन गर्नलाई सरकारी सस्थाले वन्दोवस्त गरेपछि मनले झनै रमायो । चार दिनपछिको चिठ्ठी पनि जानू अगाडि नै आइपुग्यो । श्रीमतिले र छोरीले हेरेर राखेछ ।
बाबा भोलि पाथिभराको भ्रमण छ, नानीले भने । मैले हुन्छ भने । भोलिपल्ट समयमै उठे । समयको सूको थिएन् । बुहारी चन्चललाई फोन लग्नु भनुभयो । मैले फोन गरे । ६ वजे बस छुट्ने रहेछ । त्यही अनुसार विहान तयार भए । चिया चन्द्रमान दाईको चिया पसलमा पिएर निस्के । बसमा चढे । बसमा जानको लागि बल्ल ५–७ जना भेला भएको पाए ।
म एकजना आफूले आफैलाई विशेष व्यक्ती  ठाने । परिचय भएकोलाई नमस्कार भने र आफूले पनि नमस्कार फर्काए । एकघण्टाको बसाईमा सवै आईपुगे । बसको व्यवस्गा गर्नेले नाम हेरेर नाम बोलाउनुभयो । सवैको समयमै उपस्थितीले राम्रो माहोल बन्यो । आफूलाई जिज्ञासा लाग्यो । अब हामी पाथिभरा पुग्न कति समय लाग्ला भनेरे सोधियो । एक जना केशब घटुवा दाईले करिव २ः१५ मिनेट जति लाग्ला भनु भन्यो । मनमा त्यो समयमा हामी भक्तपुरको व्यासी भक्तपुर नगरपालिकाको अगाडि थियौ । गाडी गुड्यो । समय सबैले हेरे । भक्तपुरको व्यासी हुदै सल्लघारी, सातदोपाटो, ललितपुर, चापागाँऊ, ठेचोँ, सुनाकोठी, टीकाभैरब हुदै  लेले, सरस्वती स्थानमा अन्दाजी ९ वजे पुगे होला । सरस्वती स्थानमा पुग्न त कुनै कठिनाई भएन् । वाटो फराकिलो र वनाउदै गरेको पायौ ।  
अब लेले ललितपुरको वाटो हुदै उकालो लाग्दा वाटो सागुरो र जङ्गल वाटो भएर होला अलि जिऊसिङ्ग हुदो रहेछ । वाटो अलि बिग्रीएको रहेछ । आउदा दिनमा बाटो फराकिलो र पिच्च गरेको हुने होला । बाटोमा मोटर साईकल चढ्नेहरू त धुलाम्मे  भएको पायौ । अझ त हामी विहानको सतर्क समयमा हिडेको होला, धुलो कमै उडेको थियो । बाटोको दुई छेऊ रूख विरूवाले पहाड जङ्गलले ढकमक्क धाकेको पायौ । बस चालक मेरो विचारमा संयमता अपनाउदै मोटरलाई ठिक समयमा नल्लु वजारमा पुग्यौ ।
मन पनि बनटोको स्थिती देखेर शान्तमय थियो । डाडाँमा पुगेर हेर्दा मन नै चिसो हुदो रहेछ । मनलार्ए सम्हाले । भ्रमणले अलि डरले उकुसमुकुस थियो । नल्लु वजार पुगेपछि त्यो डर भय हट्यो । ठूलो चौर थियो । धमाईलो र सिरसिर हावाले मनलाई सित्तलताले साथ दिएको थियो । म र अन्य साथीहरू यहाँसम्म गाडी चढेर आए । अब हिडेर दर्शन गर्ने निधो भयो ।  चार जना साथीहरु लखर्कलखर्क हिडेर ३० मिनेटको अन्तरालमा पाथिभरा मनणदिर पुगे । अरू साथीहरू त्यही मिनीवसमा चढेर आइपुग्यो ।
पूजा गर्न मित्रहरू सुनिल याकामी, गंगाप्रसाद यकामी , हरिप्रसाद सुवाल र कुमार लघु दर्शन गर्नलाई लाईनमा वसे । पूजा गरे । अरू साथीहरू पनि धमाधम लाईनमा वस्न आउनुभयो ।  पूजा गरेपछि साथीहरू मोवाईलवाट फोट्टो खिच्नतिर लाग्यो ।
रमणियर सुन्दर शान्त ठाउँ भएर होला ठिकको मानिसहरूको घुईचो लागेको थियो । देवतामा पूजारीले नै हामीले लगेको पूजा समान लिई पुजा गरे । केही मिनेटको साईड हेराईमा  हिमाल डाडाँकाडा पहाडपखेरू, तोरीको फाँट, हरियो जङ्गल हेरे । सुनसान ठाऊ सोझो जनता । खेतीपातीमा व्यस्थ आदीवासी  जनताहरूले पशुपालनलाई पनि अंङ्गालेको पाईन्छ । स्थानीय जनतामा पशुपालन गरि राखेकोमा श्रीमान् र श्रीमती क्रमश कृष्णगोपाल क्षेत्री र शान्ति क्षेत्रीसित भलाकुसारी गरे ।  
पाथिभरा पुग्न त्यो भन्दा अगाडि बाटो खोल्न र पाथिभरा नै स्थापना गर्न पहल गर्ने दर्जवहादुर घलानसित भेटने अवसर मिल्यो । उहँले वाटो खोल्न २०६२ सालमा १५०,०००÷ पैसाले बाटो खोल्न पहल गरेको कुरा बताउनुभयो । पहिला उहाँ ६२ साल अगाडि सैनिकमा जागिरे थियो । अलि ठूलाठालु व्यक्तीत्वहरू चिनेर बोटो  खोल्ज डोजर ल्याएर वाटो खालेका कुरा बताउनुभयो । ०६९ सालमा घर वनाएको देखाउनुभयो । हाल पाथिभरा मन्दिर परिसरमा शम्भू खत्रीको नातीहरू पूजा रहेको छ । पाथिभरा वनाउन एक्कजना भलादमीले तीन रोप्नी जग्गा दान दिएको थियो । जग्गा दान गर्ने व्यक्ती रामवहादुर स्याङताङ हो ।
पाथिभरा राखेपछि वाटो विस्तारै वन्दै गयो । ६९ वर्षको दर्जवहादुर घलानले पाथिभरा  वनाउनलाई ४ –५ लाख खर्च भएको कुरा वताउनुभयो । त्यो देउता राख्नलाई एक्कजनाले रू २००,००० चण्दा दिएको थियो ।
यो नल्लु वजारमा २०३८ सालमा वाढी आएको थियो । त्यो वेलादेखि अहिलेसम्म वाढी आएको छैन् । नल्लु वजारमा वुध्द मन्दिर, गुप्तेश्र्वर मन्दिर छ । तल्लो वाटोवाट गुप्तेश्र्वर मन्दिर जाने हो । गुप्तेश्र्वर पुग्न नल्लु वजारबाट २ घण्टा लाग्छ । मोटर वाटो पनि छ । अनेक दुःखकष्ट गरेर ताप्लेजुङ्गको पाथिभराको पुजारी कपाल लामोलामो भएको आएर भनेर मद्त गरेको हुनाले मात्र स्थापना गर्न सकेको कुरा सुनाउनुभयो । वनजङ्गलले घेरिएको आनन्दमय, सुन्दर रमणिय। एकान्त, हावापानी स्वच्छ, पानी बगेको नल्लु नदि वगेको छ ।
हामी भिन्तुना बचत तथा ऋण सहकारी सस्था लिको २० औ सस्थापना  दिवशको अवसर पारेर घुमघाममा लागेको हो । वनभोजमा निकै स्वास्थ खाजा खाना सम्हेबजी खाएको थिए ।  सम्हेबजी १२ः०५ मा मिल्यो । साँझ पखको ४ वजे मिल्यो । हामी सञ्चालकहरूलाई वनभोजमा सामेल हुने अवसरको लागि भिन्तुना बचत तथा ऋण सहकारी सस्थालाई धन्यवाद दिदै विदा भयौं ।

Comments