सूर्य चन्द्र (शार्दुल विक्रित छन्द)
मंसिर ६, २०७८, सोमबार | दिउँसो १२:३६ बजे | 85
रामकृष्ण प्रजापति
दुःखेको मन यो घर्ति छ गहना, गा¥हो बनाई गयो ।दुःखेको मुटु यो मर्जि छ सबका, सा¥हो बनाई गयो ।।
आशामा मन यो गर्नु छ भन्नुमा, सारा छ स्वाहा भयो ।
माटोमा पसिना मुछेर म भनूँ, प्यारो छ नेपाल यो ।।
प्रेमीमा पहिला बनाउ कविता, क्रान्ति र शान्ति छ यो ।
आशा यो मनमा जगाउनु सत्य, गाथा र दुःखी छ यो ।।
बेहोसी तनमा बनाउनु कथा, मेरो र हाम्रो भयो ।
जन्मायो कबिता सलाम छ भनूँ, गाना र माना यो ।।
साथीले गरियो जवान जननी, नेपाल आमा भनी ।
आमाको सपना तनाव विपना, हामी छ गाढा भयो ।।
सीमाना लहरा पहाड पहरा, बाटो छ टाढा भयो ।
सारा यो नगरा विशाल छ फुक्यो, आवाज आयो गयो ।।
हामी यो देशमा तमाम जनता, आक्रोश पोखेर भो ।
मातृभूमि भयो तनाब रहयो, दोधारमा शान यो ।।
काहाली मनको छिमेक त भयो, बेमानको यो छुरा ।
क्रान्तिको छ युद्ध विद्रोह जन यो, आशा छ जीतेर आ ।।
आमाको मन शान्त यो रगतले, कोरेछ सीमा तब ।
मान्छे छैन कतै सदैब रहने, बाँच्ने र हाँस्ने यहाँ ।।
मान्छे् ती बगिगै कनै कति मिले, खोला र नाला यहाँ ।
सूर्य चन्द्र र शानको गरि कनै, झुल्किन्छ अस्ताउँछ ।।