भक्तपुरकी चेलीको बालकथा संग्रह विमोचित, स्कुलस्कुलमा निःशुल्क वितरण गरिने


मंसिर ४, २०७८, शनिबार | दिउँसो ०२:५६ बजे | 25


भक्तपुरकी चेलीको बालकथा संग्रह विमोचित, स्कुलस्कुलमा निःशुल्क वितरण गरिने

भक्तपुर । भक्तपुर तेखापुखूमा जन्मेकी शीला सैजू शितलद्धारा लिखित बालकथा संग्रह छिरविरे छाताको शनिबार एक कार्यक्रमवीच भक्तपुरको इटाछेंमा विमोचन गरिएको छ । डा रामचन्द्र पाण्डे र बाल साहित्यकार ध्रुब मधिकर्मीले संयुक्त रुपमा संग्रहको विमोचन गरे ।
छिरविरे छाता र जुम्ल्याहा खरायोका भविष्य गरी कथा संग्रहमा दुई वटाa मात्रै बाल कथाहरु समावेश छन् । कथा संग्रह १८ पृष्ठको रहेको छ । कथा संग्रहको प्रकाशन सिर्जना अभियान समाजले गरेको हो । कथा संग्रहको मूल्य ६० रुपैयाँं तोकिएको छ ।


कार्यक्रममा लेखिका सैजूले पुस्तक भक्तपुरका स्कुलहरुकालाई निःशुल्क रुपमा वितरण गर्ने उदघोष कार्यक्रममा गरिन् । विद्यार्थीको प्रेरणाका लागि कथा संग्रहको लेखन गरेको उनले सुनाइन् । लेखिका सैजूको यो पहिला कृति भएको कार्यक्रममा बताइयो ।
भक्तपुरमा जन्मेकी लेखिका सैजू परिवारसहित क्यानडा वस्दै आएकी छिन् । उनी नेपाल आएको मौका पारी पुस्तक प्रकाशन गरेको कार्यक्रममा बताइयो । उनी द हिमालयन टाइम्स अंग्रेजी दैनिककी पूर्व पत्रकारसमेत हुन् ।

कार्यक्रममा प्रमुख अतिथि डा पाण्डे, कथाकार मधिकर्मी, लेखिका सैजू, साहित्यकार हरिहर तिमल्सिना, तेजराम झालगायतले बालकथाका विविध पक्षमा आआफनो धारणा राखेका थिए । कार्यक्रममा गीत तथा नृत्यबाट मनोरञ्जनसमेत गराइएको थियो ।

Comments