गजल


मंसिर २, २०७८, बिहीबार | विहान ०८:२६ बजे | 35


गजल

बागमती भाइ
तिम्रो कसम माया मारेको छैन
तडपिन्छ अझै दिल हारेको छैन

ताजा छन् तिम्रा बाचा बन्धनहरू
आउनु है छिट्टै दोबाटो कुरेकै छैन

सून्यता मात्रै दिएर गए पनि अझै
मेरा ममताका बादल फाटेको छैन

आऊ प्रिय दिल खाली खाली छ
तिम्रो स्थान उही हो, झारेको छैन

भुल्यौ कि कतै नयाँ प्रेममा डुल्दै
पर्खन्छु प्रेम अन्त कहिँ सारेको छैन


Comments

ताजा खबर