कु–जातहरू चारदोवाटमा ....


कार्तिक २४, २०७८, बुधबार | विहान ०५:३७ बजे | 40


कु–जातहरू चारदोवाटमा ....

कुमार लघु
कु–जातवाट आएका नेताहरू
नपाउनेले पायो बोक्रा समेत खाएको वेला
कु–जातले चौवाटोमा खाएर हिडेकाछन्
लाजै पचाएर न्याय दिने उच्च ओहडा डामाडोल
कति लाज पचाएर न्यायको पदमा झुण्डेर वसेको !
कालो कोटको इज्जतको अर्थ नै वेचे
जसले गर्न हुन्दै भन्न पर्नेले भागवण्डा खोजे
चोरलाई चौटारोको सप्रमाण हो
कालो कोटको प्रधान न्यायधिसको बदनाम
 २०७८ को कालो कर्टुटता हो
स्वाभिमानमा सवैको कालो कोटमा प्रस्न चिन्ह लाग्यो
के यस्ता प्रधान न्यायधिसले न्याय देला ?
भ्रष्टाचारको अखडा भनेर जनता आजितछन्
नभन्दै प्रधान न्यायधिसको भागवण्डाले प्रष्ट्यायो !
आज न्यायक्षेत्र डामाडोल छन्
जनता न्याय पाउन कहाँ,कता पुग्ने
अन्योलको वातावरण सृजित गरायो
दिसोको घाम जतिकै प्रष्टयायो ?
जिम्मेवार सरकारको दायित्व खोई ?
न्यायक्षेत्र यस्तो वनाउनु हुन्दैनथ्यो
बनायौ तत्काल यसलाई समाधान गर
बहिरो भएर लाज नपचाऊ ,
जनता शुध्द न्याय चाहान्छन्
देश सन्त्राशमा उभिएको छ ।

Comments

ताजा खबर