छठ पर्व : साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरिदैँ


कार्तिक २४, २०७८, बुधबार | विहान ०५:०९ बजे | 0


छठ पर्व : साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरिदैँ


काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो।

साँझ अर्घ्य दिएर सूर्यको आराधना गरिने भए पनि जनकपुरका पोखरीहरू पूजा सामाग्रीले बिहानैदेखि भरिभराउ भइसकेका छन्। छठ पूजा हुने यहाँका एक दर्जनभन्दा बढी पोखरीमा श्रद्धालुको घुइँचो लागेको छ।

छठलाई मध्यनजर गरी जनकपुरका पोखरीहरू बेहुली झैं सिँगारिएका छन्। रंगीचंगी बल्ब तथा टेन्टले सजाइएका पोखरीहरू अहिले यहाँ पुग्ने जो कसैलाई आकर्षित गरिरहेका छन्। दर्जनभन्दा बढी पोखरीमा छठ पूजा हुने भए पनि गंगासागर, धनुषसागर, अंगराजसागर आकर्षणको केन्द्र बन्ने गरेका छन्।

Comments