जोगाऊ गरिमा ! उठाऊ महिमा !
कार्तिक २३, २०७८, मङ्गलबार | विहान ०४:२२ बजे | 20
बुद्धिकुमार घो
थिल्थिलो अदालत
किन भो यो हालतत्यो निरंकूशतन्त्रको बखतमा
द्वन्दले देश थलिएको बेलामा
सब निमूखा जनको
आशा अनि भरोसाको
केन्द्रथ्यो एक त्यो अदालत १
देशमा बदलिंदो राजनीतिक
परिवर्तनसंगै
एकपछि अर्को निकम्मा बन्दैगो
र आज देख्नुपर्यो
त्यै अदालतको यो हालत
खेल नियतिको कि
कसैको नियतको !
हेर त अब सब छताछुल्ल
बेथिति असरल्ल !
सबले शीघ्र मनन गर्नुपर्यो
सबैमिली ढिलो नगरी
लाज त्यसको ढाक्नुपर्यो
कालोकोटको गरिमा जोगिनु पर्यो
अदालतको महिमा पूनः उठ्नु पर्यो !