तिहार भैलो
कार्तिक १७, २०७८, बुधबार | दिउँसो ०२:४७ बजे | 20
कुमार लघु
निधारमा टिक क्या झिलिक
लक्ष्मी पूजामा दैलामा बत्ति
आँगनमा कुमारको नजिक बत्ति
घरको कौसिदेखी घरै पुरै झिलिमीली ,
आजको दिन काग र कुकुर पूजा
आहा! लरवर लरवर दियोको ज्योती
आजदेखि लक्ष्मीलाई स्वागत सत्कार
नेपालीको इच्छा र आहै तिहारै आयो ।
सबैको घरमा लक्ष्मीले बास गरोस्
नेपालीको दाजु भाइ र दिदी बहिनीको,
असिम माया र सातै रङ्गले निधार सजाउने
तिहारै आयो दाजु भाइ दिदी बहिनीको मेल,
देश विदेशको कामछोडेर सस्कृति बचाउँन
आई पुग्ने दिन भैलोखेलेर रमाईलो गर्ने दिन
भनभन भाई हो देउसी देए लड्डै पद्दै आएको,
यो घर कस्तो ? दरवार जस्तो भनभन भाइ हो ?
सेलरोटी अगमबगम दिनै लाग्यो,
चिप्लोबाटो जानैपर्छ , भनभन भाई हो ,
मादलको तालमा नाच्दै गाउँदै देउसी देए
मखमली,सूर्यमुखी फुलमाला गर्दनमा सजाउने ।
२०७८÷०७÷१७ गते