बागमति भाइद्वारा लिखित संखधर साख्वा कृति बिमोचन


कार्तिक १७, २०७८, बुधबार | विहान ०५:४३ बजे | 25


बागमति भाइद्वारा लिखित संखधर साख्वा कृति बिमोचन

काठमाडौँ । नेपाल संवत् ११४२ को अवसर पारेर काठमाडौँको लगनमा आयोजित एक कार्यक्रममा सामाजिक अभियन्ता बागमति भाइ द्वारा लिखित पुस्तक नेपाल संवत प्रवर्तक राष्ट्रिय बिभूति संखधर साख्वा कृति बिमोचन गरिएको छ । उक्त कृतिको बिमोचन सस्कृतिविद् मल्लके सुन्दरले गर्नु भएको हो ।
उक्त पुस्तक बिमोचन कार्यक्रममा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान, पूर्व शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, अभियन्ता मल्लके सुन्दर, ब्यवसायी निरन्जन रत्न शाक्य, संस्कृतिप्रमी नरेशवीर शाक्य, कानूनविद् पूर्णमान शाक्य, २५ वडाका अध्यक्ष निलकाजी शाक्य, तथा अन्य बिशिष्ठ ब्यक्तिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रममा अभियन्ता मल्लके सुन्दरले कृतिको वारेमा चर्चा गर्नुभएको थियो । बागमति भाइ साहित्यसँगै बागमति सफाइ अभियानमा निरन्तर लागि परेका छन् । कार्यक्रमको आयोजना सेभ नेवाः भ्यालीले गरेको थियो ।

Comments