शिविरबाट दुई सय २१ जनाले पाए सुविधा
कार्तिक १७, २०७८, बुधबार | विहान ०४:१५ बजे | 5
भक्तपुर । भक्तपुरस्थित लायन्सहरुबाट प्रबद्र्धित भक्तपुर लायन्स सेवा समितिद्धारा सञ्चालित लायन्स आँंखा तथा मधुमेह सेवा केन्द्रमा भएको एकदिने आंँखा, नाक, कान तथा घाँंटी शिविरबाट दुई सय २१ जनाले सेवा पाएका छन् । विपि नेत्र प्रतिष्ठान बाल आँंखा, नाक, कान, घाँंटी अस्पताल तथा पुनस्थापना केन्द्र जडिवुटी भक्तपुरको प्राविधिक सहकार्यमा भएको शिविरमा आँंखातर्फ एक सय तीन र नाक, कान, घाटीतर्फ एक सय १८ जना गरी कुल दुई सय २१ जनाले सेवा पाएको आयोजक केन्द्रका अध्यक्ष गोकुलप्रसाद प्रजापतिले जनाए ।
शिविरमा प्रवेशदेखि सवै सेवा निःशुल्क गरिएको थियो । साथै औषधि पनि निःशुल्क रुपमा वितरण गरिएको थियो । साथसाथै ४० वर्षमाथिकालाई निःशुल्क चश्मा पनि वितरण गरिएको थियो । यसैगरी विभिन्न मानव आश्रम, विहार अनि बृद्धाश्रममा रहेकाहरुका लागि गाडी सुविधा उपलव्ध गराई निःशुल्क आवतजावतको सुविधा पनि दिएको थियो । केन्द्रको भक्तपुरको सूर्यविनायक भुँंलाचामा रहेको छ ।