गाउँपालिकाहरु भ्रष्टाचारको अखाडा रहेको माओवादी : नेता यादव
कार्तिक १२, २०७८, शुक्रबार | विहान ११:३४ बजे | 30
महेश सिंह
सिरहा । स्थानीय तहहरु भ्रष्टाचारको अखाडा रहेको माओवादी नेता खेमचन्द्र यादव ९शिबराम० ले दाबी गरेका छन्।पालीकाहरुमा बिकासको नाउँमा बिनास नै हुने गरेको छ्।
देशको अधिकांन्स पालिकाहरुमा बिकासको नाउँमा बिनास नै भएको पत्रकार समेलनमा उनले बताए।अहिलेको राजनीतिक ब्यापार भएको छ्। कुनै ठाँउमा भ्रष्टाचार गर्न दाउ पेज मिलदैन भने बिकासको नाउँमा पालिकाहरुमा ठाँउ खाली नै रहेको यादवले दुखेसो पोखनु भयो।
समाजमा सहि नेतृत्वको आवश्यकता भए पनि पक्ष पातको राजनीति गर्न कसम नै खाएको देखिन्छ।सप्तरीको बलान बिहुल गाउँपालिकामा ६ वटा वडा रहेका छन्। करिब १५ हजार जनसंख्या रहेका छन्।बिकासको नाउँमा गाउँपालिकामा ब्रहम लूट नै भएको स्थानीयको आरोप रहेका छन्।