सत्तायो सवैतिर ......
कार्तिक ८, २०७८, सोमबार | विहान ११:१८ बजे | 40
कुमार लघु
जनतालाई सवैतिर सत्तायो
मौसमले सत्तायो
जलवायु परिवर्तनले सत्तायो ,
बजार भाऊले जिऊन कठिन
विचौलियाले किसानलाई सत्तायो,
भूमाफियाले जग्गा सस्तोमा किनेर
जग्गा चाहिनेलाई महँगोमा बेचियो,
राजनीतिले नि जनतालाई पेलियो
गरिव निमुखा जनता बाँच्न गाह्रो ,
जनताको भोट लिएर वेवास्ता गरियो
मजदुर,किसान र श्रमिकलाई च्यापियो ,
न त शोषणको अन्त भयो ,
शोषणगरी जनतालाई काम विहिन बनायो ,
सरकारले जनतालाई हेरिएन्
जनताले अब को सित गुहार्ने ,
गणतन्त्रमा धनिले र गरिवले समानता पाउने !
लोभ देखायो,
जनता ,समय र सरकारदेखि आश्चर्यमा,
साहरा अब जनताको को सित रहयो
अब खोजिको मुहान बन्यो ,
कार्तिकमा परेको वर्षाले
पाकेको धान नि पानीले वगाई
जनता नै अझै पेलियो ,
देशको सदुरपच्छिममा ठूलो आपत !
बस्तीमा ठूलो बाढी पस्यो
जन्मस्थानवाट वन्चित कस्तो विच्ली !
बाढीले गरिव किसानको परिवार मरे !
वेपत्ता मजदुर र किसानका सन्तानहरू
हे दैब के अनर्थ गरेको
गरिवको घरमा पनि हेरिदेऊन ......
किन सत्तायौ मात्र हामीलाई ?