कार्तिक महिनामा वर्षा .......
कार्तिक ५, २०७८, शुक्रबार | विहान ०४:०१ बजे | 45
कुमार लघु
कार्तिक महिनामा बेमौसमी वर्षा
कार्तिक महिनाको वर्षाले वितायो
यो किन कसरी भयो ?
रहस्यमय नै जलवायु परिववर्तन
विगत दुई तीनदिनदेखी देशभर वर्षाले
दुः ख जनतालाई दिएकै छ ,
धान काट्ने वेला
अन्न अनाज किसानले घरभित्राउने वेला
अन्नको वोटवाढीले बगायो
वाढी पहिरोले समस्या पैदा ग–र्याे
कति ठाउँमा वाढी पहिरोले
धनजनको क्षति आवतजावत बन्द
देशमा विपद् र तनाबको वेला
भूकम्पले दुःख दिईरहेकै वेला ,
के अनर्थ हुन खोजिरहेकाछन् ।
मन कार्तिक महिनाले दुखायो
के पहाड, के तराई र के हिमाल
चारैतिरवाढी पहिरोले जनताको
तन,मन,जन र धनमाक्षति पु–यार्याे ,
कार्तिकमा क्षति पानीले दुःख दियो
यो कल्पना बाहिरै थियो ।
धानकाटेर राखेको बगायो ,
वाटो , पुल बगायो
वस्तीमा दुवान बनायो ,
खानेपानीको हाहाकार,विधुतबन्द
कति ग–र्याे अन्याय ईश्र्वरले
घरबगायो,परिवारको सदस्य बगायो ,
कति जनताले गुहारमागे
कुनै सुनवाई र सहयोग वेलामा पाएन् ,
जनताले सुख पाउने छोड्
दुःख कहिले हु्छ अन्त ?
मन्त्री र स्थानीय शोषकहरूको सहयोग भएन्
लगनपछिको पोते झै
सिंहदरवारमा वैठकगरेर बाहिरीयो ,
सहयोग गर्न
राहट र राहटको सामान दिन
सिंहदरवारमा वैठक वसेर निर्णयबल्लभयो ,
बिति गयो ,वाँचेकोलाई ,
दुःख थपी गयो
रहने भयो
कार्तिकमा पानी माथीको ओभानो !