राष्टपति नवदुर्गामा ः के गुनासो गरे बनमालाहरुले ?
कार्तिक ३, २०७८, बुधबार | दिउँसो १२:४६ बजे | 20
भक्तपुर । प्रत्येक बर्ष कोजाग्रत पुर्णिमाको दिन राष्ट्रप्रमुखले भक्तपुरको नवदुर्गा भवानी दर्शन गर्ने परम्परा यसबर्ष पनि निरन्तरता दिएको छ । वि.स.२०४५ सालदेखी कोजाग्रत पुर्णिमाको दिन निरन्तर राष्ट्रप्रमुखले भक्तपुरको गछेंस्थित नवदुर्गा भवानीको द्योःछेंमा दर्शन गर्ने परम्पराले यो बर्ष कोरोना माहामारीकाबीच पनि राष्ट्रपतिले निरन्तरता दिएकी छिन् ।
दर्शन पश्चात देवगणलाई दक्षिणा दिने क्रममा देवगणका बालकृष्ण मनमालाले २०७६ सालमा राष्ट्रपतिद्धारा भक्तपुर जिल्ला समन्वय समितिकोे प्राङ्गनमा बिशेष पुजा गरेको खर्च अहिलेसम्म उपलब्ध नभएको जानकारी गराए । बनमालाले सो पुजामा १ लाख ३४ हजार रुपैयाँ खर्च भएको बताउँदै ८५ हजार पाइसकेको र बाकी पैसा अहिलेसम्म उपलब्ध नगराएको पनि राष्ट्रपति समक्ष जानकारी दिदैं उपलब्ध गराई दिन अनुरोध गरेका छन् ।
सो पूजाको सम्पूर्ण खर्च सुर्यविनायक नगरपालिकाले उपलब्ध गराउने भनेकोमा ८५ हजार रकम पाईसकेको र बाकी रकम उपलब्ध गराईदिन प्रमुख जिल्ला अधिकारीको कार्यालयमा निेवेदन दिइएको र आजसम्म सुनुवाई नभएको नवदुर्गा देवगणका अध्यक्ष ब्रिजेश बनमालाले जानकारी दिए ।
नवदुर्गा भवानीको टीका तथा प्रसाद स्वरुप जमरा, पञ्चरंगी धागो र विमीरो राष्ट्रप्रमुखलाई प्रदान गर्न परम्परा छ । भक्तपुरमा कोजाग्रत पूर्णिमा मनाएर घरघरवाट जमरा खोलामा विसर्जन गरेको छ ।