किसानको शानमाथि
कार्तिक ३, २०७८, बुधबार | दिउँसो १२:२६ बजे | 25
राकेश सुकुपायो
लहलहाउँदो धान
किसानको शान
माथि
ताक्यो बेमौसमी बाण ।।
रोपेर पसिना
बुनेको सपना
माथि
बर्सियो असिना ।।
सहेर हुरी
बचेको बारी
भित्र
हुल्लियो बाढी।।
छेकेर तुफान
ठडेको शान
माथि
खस्यो चट्टानू ।।
खनेर माटो
बनेको बाटो
माथि
ूबज्रीयो पहिरोू ।।