नेपाल सम्वत्का प्रबद्र्धक शंखधर साख्वा पुस्तकमा
कार्तिक ३, २०७८, बुधबार | विहान ०४:२८ बजे | 25
काठमाडौं
नेपाल सम्वत्का प्रवद्र्धक शंखधर साख्वाको विषयमा लेखिएको शंखधर साख्वा नामक पुस्तक सार्वजनिक हुने भएको छ । यही कार्तिक १६ गते कुकुर तिहारको दिन काठमाडौंमा एक कार्यक्रमवीच पुस्तक सार्वजनिक हुने कार्यक्रम तय गरिएको छ । पुस्तकको विमोचन नेपाल सम्वत् आयोजक समितिका अध्यक्षबाट हुने कार्यक्रम तय गरिएको छ ।
पुस्तकको लेखन काठमाडौंकै स्थानीय सुन्दरमान श्रेष्ठले गरेका छन् । पुस्तक एक सय पृष्ठ लामो रहेको जनाइएको छ । पुस्तकको मूल्य दुई सय रुपैयाँं राखिएको छ । तर विमोचनको दिन एक सय रुपैयाँंमा पुस्तक विक्रीवितरण गरिने जनाइएको छ ।
शंखधर साख्वाले तत्कालिन समयमा सारा जनताको श्रृणमुक्त गरेको र उही समयदेखि उनकै नामबाट नेपाल सम्वत् प्रचलनमा आएको बताइन्छ । नेपाल सम्वत्ले अहिले राष्टिय सम्वत्को मान्यतासमेत पाइसकको छ । यही तिहारमा नयाँं नेपाल सम्वत् ११४२ सुरु हुँंदैछ ।