कवितातर्फ विकल प्रजापति र कथातर्फ श्रीया पहिजू प्रथम


कार्तिक २, २०७८, मङ्गलबार | विहान ११:५८ बजे | 40


कवितातर्फ विकल प्रजापति र कथातर्फ श्रीया पहिजू प्रथम

भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरमा सम्पन्न ४१ औं नेपाल भाषा साहित्य तःमुंज्या (सम्मेलन) को प्रतियोगितात्मक साहित्य अन्तर्गत कविता विधातर्फ विकल प्रजापति प्रथम भएका छन् । कवितातर्फ सकुन्तला महर्जन द्धितीय, काशिराम विरस तृतीय र अर्चना छुंकां सान्त्वना हुन सफल भए ।
कथा विधातर्फ भने श्रीया पहिजू प्रथम भइन् । कथातर्फ एल के सुन्दर द्धितीय, श्रीभक्त जोशी (सँंक्व) तृतीय र कृष्णप्रसाद सुवाल सान्त्वना भए ।
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि भक्तपुर नगरका दुई छुटाछुटै स्थानमा दुई वटा नेपाल भाषाका साहित्य सम्मेलनहरु सम्पन्न भए । ४१ औ नेपाल भाषा साहित्य सम्मेलन (तःमुज्या) भक्तपुरको देकोचास्थित ख्वप कलेजमा र ६० औ विराट नेपाल भाषा साहित्य तः मुंज्या (सम्मेलन) अजिमा पार्टी महल बाराहीपीठ भक्तपुरमा सम्पन्न भए । विराट एकदिनमै सम्पन्न भए भने नेपाल भाषा साहित्य सम्मेलन दुई दिन चलेको थियो ।

Comments