एमसिसिको रंगमा


असोज ३१, २०७८, आइतबार | दिउँसो ०१:०५ बजे | 50


एमसिसिको रंगमा

रामकृष्ण प्रजापति
एमसिसिको रंगमा उन्मात चढेको
शासक नेता जो पनि पछाडि लागेको
त्यस विरुद्ध लड्ने नेपाली हुँ म नेपाली
सारा नेपाली यहाँका चिंगारी
आफ्नो बाउको देश नसम्झनु
नत्र चिगांरीमा आगो ज्वाला दन्किन्छ

नेपाल नेपालीको हो
शासक नेताको फूर्ति नलगा
आफ्नो बाउको विर्ता नसम्झनु नेपाल
बीर गोर्खालीका अंश हुँ
खुकुरीका धार हुँ
मातृभूमिको ढाल हुँ

पचपन्न करोड डलरमा मिसिएको तिम्रो कुचाल
शासक नेताहरु नियन्त्रणमा छैन चुहिएको ¥याल
घरको न घाटको बनाउने एमसिसिको चाल
विषम ज्वर आउने विभिन्न देशको अमानवीय छाल
सित्तैमा एमसिसिको मिल्दैन सहयोगी हाल
त्यस्तालाई अंगालो हाल्ने गोज्याग्रो जीउदाल

उत्तर कोरियाको विरोध गराउन
चीनको तिब्बतमा दलाई लामा प्रतिस्थापन गराउन
नेपाललाई स्प्रिङ्गबोर्ड बनाई उदाउँदो चीनलाई रोक्न
हिन्द प्रशान्त सागरमा शासन गर्न
एमसिसि गुलियो पोतिएको बिषवमन
साम्राज्यवाद चाहन्छ नेपालमा लाड्न

नेपालीलाई मन पराउने हुन्छ लाखौं
एमसिसि जस्तो छैन कोहि यहाँ पर्खौं
सिरिया, लिविया, इराकमा जस्तै चाहे गर कोशिस कयौं
मनकारी देशहरु यहाँ छन् थुप्रौं
देशको स्वाधिनता भन्दा ठूलो यहाँ कोहीं छैनौं
देशको सार्वभौमिकता भन्दा ठूलो यहाँ कोहीं छैनौं

एमसिसि
राष्ट्रिय हित विपरित
स्वतन्त्रता देश विपरित
असंलग्नता विपरित
पञ्चशील सिद्धान्त विपरित
त्यसैले आउ एमसिसि खारेजीको संघर्षमा


Comments