आजबाट भक्तपुरमा दुई वटा साहित्य सम्मेलन ः एउटा ख्वप कलेजमा, अर्काे बाराहीपीठमा


असोज ३१, २०७८, आइतबार | विहान ०२:५९ बजे | 30


आजबाट भक्तपुरमा दुई वटा साहित्य सम्मेलन ः एउटा ख्वप कलेजमा, अर्काे बाराहीपीठमा

भक्तपुर । आज आइतबारदेखि भक्तपुर नगरका दुई छुटाछुटै स्थानमा नेपाल भाषाका दुई वटा साहित्य सम्मेलनहरु हुँंदैछन् । ४१ औ नेपाल भाषा साहित्य सम्मेलन (तःमुज्या) भक्तपुरको देकोचास्थित ख्वप कलेजको प्रांगनमा र अर्काे
६६ औ विराट नेपाल भाषा साहित्य तः मुंज्या (सम्मेलन) अजिमा पार्टी महल बाराहीपीठ भक्तपुरमा हुनेछ । दुवै साहित्य सम्मेलन दुईदुई दिन चल्नेछन् ।
४१ औ नेपाल भाषा साहित्य सम्मेलन (तःमुज्या)को प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें हुनेछन् भने उता ६६ औ विराट नेपाल भाषा साहित्य तः मुंज्या (सम्मेलन) को प्रमुख अतिथि कवि प्रतिशरा सायमीले हुने छन् ।
विराटमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायतका अथिथिहरु कार्यक्रम छ भने यता ४१ औं साहित्य सम्मेलनमा अतिथिका रुपमा सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, वरिष्ठ पत्रकार भैरव रिसाल, सीमाविद् बुद्धिनारायण श्रेष्ठ तथा रतन भण्डारी, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा. सर्वज्ञभक्त मल्ल, पूर्व न्यायाधिस गौरीबहादुर कार्की, प्रेमसिंह बस्न्यात, चिकित्सा क्षेत्रका डा. विश्वबन्धु शर्मा, डा. अरुणा उप्रेती, डा. राजेन्द्र कोजू, डा. पुकारचन्द्र श्रेष्ठ, डा. सरोज धिताल, डा. सुमित्रा गौतम, डा. रामप्रसाद ज्ञवाली आउने कार्यक्रम छ । साथै साहित्कारहरु सुलोचना मानन्धर, प्रतिसरा सायमी, नरेन्द्र प्रसाई, इन्दिरा प्रसाईलगायत साहित्यिक र बौद्धिक व्यक्तित्वहरू उपस्थिति हुने जानकारी गराइएको छ ।
दुवै सम्मेलनहरुमा नेपाल भाषाका पुराना तथा नयाँं साहित्यकारहरुले आआफनो साहित्य वाचन गर्ने कार्यक्रम छ । साथै प्रतियोगितात्मक साहित्यिक कार्यक्रम पनि हुनेछ । उत्कृष्ट साहित्यकारहरुलाई पुरस्तकार तथा प्रमाणपत्र पनि वितरण गरिनेछ । यी दुवै सम्मेलनहरु प्रत्येक वर्ष निरन्तर चल्दै आएका छन् ।





Comments