भक्तपुर । भक्तपुरको याछेंका स्तम्भकार लक्ष्मणराज जोशी (जोरालंं) द्धारा लिखित लेखहरुको संग्रह प्रतिपक्षी कमल नामक पुस्तक लोकार्पण गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले पुस्तकको एक कार्यक्रमवीच बुधबार लोकापर्ण गरे । पुस्तकमा स्तम्भकार जोरालले लेखेका दुई दशक भन्दा अगाडिदेखिका लेखहरु समावेश छन् । लेखकका श्रमिक साप्ताहिक र मजदुर दैनिकमा छापिएका लेखहरु पुस्तकमा समावेश छन् । लेखक जोराल नेपाल मजदुर किसान पार्टीको मुखपत्र श्रमिक साप्ताहिकका स्तम्भकार हुन् ।
पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथि रोहित, नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य सरोजराज गोसाई, प्रदेश सांसदद्धय सुरेन्द्रराज गोसाई र सृजना सैंजूलगायतले पुस्तक इतिहास बोकेको बताएका थिए । कार्यक्रममा पुस्तककाबारेमा पार्टीका केन्द्रिय सदस्य हरिसुन्दर बासी, लेखक योगेन्द्रमान विजुक्छेले पनि समिक्षा गरेका थिए । कार्यक्रम भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीको सभापतित्वमा भएको थियो । कार्यक्रममा लेखक जोशीले पनि पुस्तकका विविध पक्षबारे चर्चा गरे ।
पुस्तकको प्रकाशक श्रस्ता समाज रहेको छ । पुस्तकको मूल्य तीन सय रुपैयाँं राखिएको छ ।  


...

All Comments.......


Please Login/Register To Comments