जमरा सार्वजनिक


असोज २१, २०७८, बिहीबार | दिउँसो ०१:२४ बजे | 20


जमरा सार्वजनिक

बिहिवार घटस्थापनाको दिन एकीकृत उपभोक्ता संघ सुविधानगर तिनकुने काठमाडौले वाषिर्क रुपमा प्रकाशित गर्दै आएको जमरा स्मारिका २६ औं अक लोकार्पण प्रमुख अतिथि बहु आयामिक ब्यक्तित्वका धनी, बरिस्ठ साहित्यकार, पुर्व प्रशासक, बैकल्पिक उपचारका ज्ञाता, समाजसेवी स्रद्वेय डा. श्री इन्दुल के. सी. ज्युवाट गरियो ।  
सघका अध्यक्ष श्री मदन कुमार सिवाकोटीको सभापतित्वमा भएको उक्त कार्यक्रममा काठमाडौ महानगर पालिका वडा न ३२ का अध्यक्ष श्री नवराज पराजुलिले यस सघले गरेका बिकास निर्माणको प्रसंशा गर्नु हुन्दै वडा कार्यालयले आगामी दिनहरुमा थप कार्यहरु गर्ने प्रतिवधता ब्यक्त गर्नु भयो । बौद्धिक बर्ग सयोजक श्री दिर्घ राज मैनालीले आफ्नो क्षेत्रमा सघ उदाहणिय कार्यमार्फत प्रेरणादायी भएको दावी गर्नु भयो । ट्रीटन योग समितीका अध्यक्ष तथा योग गुरु लवराज जोशिले सघको सहयोगमा योग सामग्री प्राप्त भै सवैको स्वास्थमा सेवा पुर्याउन योगदान पुगेको बताउनु भयो । सघका सल्लाहकार श्री भुपती खड्का, श्री पदम नारायण श्रेष्ठ र श्री राजु अधिकारीले सघले तीन दशकमा गरेको संघर्ष र २६ अक सम्म जमरा स्मारिका प्रकाशनको इतिहास बारे चर्चा गर्नु भयो । प्रमुख अतिथिको आसनवाट डा. श्री इन्दुल के. सी. ले जमरा स्मारिकाका लेख रचनाहरु उत्कृष्ट रहेको र यस्मा सलग्न हुनुभएका सबैलाई बधाई दिनु हुदै यस्को  भविस्यमा समेत निरन्तर प्रकाशनको कामना गर्नु भयो। धेरै  वर्ष अगाडी पिएचडी उपाधी ग्रहणको बेला समेत सघले सम्मानित गरेको स्मरण गर्नुहुन्दै  आफू यसै परिवारको अग भएको जानकारी गराउनु भयो । कार्यक्रममा सभापतिको मन्तव्य दिनुहुँदै श्री मदन कुमार सिवाकोटीले कोरोनाको समयमा समेत सघले आफ्नो सेवा कार्यलाई उत्कृष्ट रुपमा निर्वाह गरेको र यस्मा सबैको सहयोग प्राप्त भएको बताउनु भयो । विजया दसमी, शुभ दीपावली, नेपाल सम्वत ११४२ र छ्ठ पर्वको शुभकामना आदान प्रदान गर्दै सो कार्यक्रम सघका सचीव  उज्वल के. सी. ले सन्चालन गर्नु भएको थियो ।

Comments