भक्तपुरमा घुँडा फेर्ने अपरेसन सफल


असोज ३, २०७८, आइतबार | विहान ११:२३ बजे | 5


भक्तपुरमा घुँडा फेर्ने अपरेसन सफल

भक्तपुर । भक्तपुरमा निकै नै सम्वेदनशिल मानिने घुँडा नै फेर्ने अपरेसन भएको छ ।
हाडजोर्नी बिषयलाइ बिशेष प्राथमिकता दिदै स्थापना भएको भक्तपुर इन्टरनेशनल हस्पिटलले शनिवार बिहान हाडजोर्नी मा निकै ठुलो मानिएको पुर्ण रुपमा घुडा फेर्ने अपरेसन गरेको छ । अस्पतालको हाडजोर्नी बिशेषज्ञ डा राम कृष्ण श्रेष्ठ अध्यक्षताको टिमले उक्त अपरेसन सफलता पुर्वक सम्पन्न गरेको हो ।

हाडजोर्नी सम्बन्धि सम्पुर्ण सेवा तथा अपरेसन गर्ने लक्ष्यका साथ अगाडी बढेको अस्पतालले अवका दिनमा कुनै पनि विरामी भक्तपुर छोडेर अनेत्र जानु नपर्ने भएका अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार अस्पतालले हाडजोर्नी , मुटुरोग, न्युरोलाजी, युरोलाजी बिशेषलाई बिशेष प्राथमिकता दिदै काठमाण्डौ जान पर्ने बाध्यता अन्त्य गर्ने लक्ष्यका साथ भक्तपुर इन्टरनेशनल अस्पताल टिम काममा जुटेको उहाँले बताउनुभयो ।

अस्पतालले आधुनिक बिशेष प्रकृतीको अपरेसन मेसिनहरु प्रयोग गरि बिभिन्न रोगहरुको बिशेषज्ञ डाक्टरहरुको बाट सेवा दिइरहेको समेत उहाँले जानकारी गराउनु भयो ।
भक्तपुर नगरपालिका वडा नम्वर १ दुधपाटी निवासी चन्द्र लक्ष्मी कक्षपतिको घुँडा फेरिएको हो ।

Comments