अरनिकोद्धारा ज्यापु समाजलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
भदौ ११, २०७८, शुक्रबार | विहान ०३:१८ बजे | 20
काठमाडौं । अरनिको समाजले ज्यापु समाज यललाई बिहिबार एक समारोहबीच मास्क, स्यानिटाइजर, थर्ममिटर, पीपीई, फेससिल्डलगायत कोभिड नियन्त्रणका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । अरनिको समाजका अध्यक्ष डा.सर्वोत्तम श्रेष्ठले कोभिड–१९ महामारी नियन्त्रणमा ज्यापु समाजको महत्वपूर्ण भुमिका रहेको उक्त समाग्रीले सुरक्षित रहन केही हदसम्म मद्दत पु¥याउने विश्वास व्यक्त गरे । ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन र वरिष्ठ उपाध्यक्ष सन्तमान महर्जनले महामारीलाई लक्षित गरेर समाजले क्वारेन्टाइन सञ्चालनमा ल्याएको र निकट भविष्यमा पोलिक्लिनिक सञ्चालनमा ल्याउने योजना रहेको बताए ।