चित्तपोल स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्टे«टर सहयोग


भदौ १०, २०७८, बिहीबार | विहान ०१:२४ बजे | 5


चित्तपोल स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्टे«टर सहयोग

भक्तपुर । भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नं.१० चित्तपोल स्वास्थ्य चौकीलाई आज एक थान अक्सिजन कन्सटे«टर मेसिन सहयोग गरिएको छ । शैक्षिक परामर्शको सेवा प्रदान गर्दै आएको एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेस अन्तर्गतको एक्सपर्ट एडुकेशन फाउण्डेशनले बुधवार स्वास्थ्य चौकीमा सहयोग सामान हस्तारण गरेको हो ।


कार्यक्रममा सूर्यविनायक नपा वडा नं. १० का बडाअध्यक्ष तथा चित्तपोल स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष शिवराम राउतले अरनिको राजमार्गसँग जोडएको वडा भएतापनि भक्तपुर जिल्लाकै विकट क्षेत्रको रुपमा रहेको वडा अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा पनि विकासको दृष्टिले पछाडी रहेको बताए । उनले सहयोगमा प्राप्त अक्सिजन कन्सन्टे«टर मेसिन सहयोगले कोभिडको महामारीमा यस वडाका जनताको ज्यान जोगाउनमा थोरै भए पनि सहयोग पुग्ने विश्वा व्यक्त गरे । वडाअध्यक्ष राउतले आफु निर्वाचित भएर आएपछि स्वास्थ्य चौकीको स्तरबृद्धि र जनतालाई गुणस्तरिय सेवा दिनका लागि ल्याव स्थापना गरी सञ्चानमा ल्याईसकेको जानकारी दिंदै सहयोगी संस्थाहरुबाट थप स्वास्थ्य सामाग्री सहयोगको अपेक्षा गरेको बताए ।

त्यस्तै समाजसेवी तथा नेपाली कांग्रेसका नेता अंगत खड्काले जनताको जीउधनको रक्षाका लागि सबैले हातेमालो गर्नुपर्ने बताए । कोभिड १९ विरुद्धको लडाई एक्लै लडेर जित्छु भन्ने हामीहरुको कल्पना बाहिरको भएको बताए । उनले चित्तपोल जस्तो ग्रामिण भेगको स्वास्थ्य चोकीलाई सुविधा सम्पन्न बनाउन स्वास्थ्य समाग्री सहयोग गर्ने संस्थालई धन्यवाद दिए।
दातृ संस्था एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेसका प्रतिनिधि देवीप्रसाद लम्सालले कोरोनाको दोस्रो लहरमा नेपालमा अक्सिजनको अभाव देखिएपछि संस्थाले ५० वटा अक्सिजन कन्सन्टेटर अष्ट्रेलियाबाट नेपाल ल्याएर देशको बिभिन्न भागमा सहयोग प्रदान गरिएको जानकारी दिए । संस्थाको देश विदेशमा गरि ३५ वटा शाखाहरुमा कार्यरत करिव ६ सय कर्मचारीबाट स्वइच्छाले गरेको सहयोग रकम र अन्य सहयोगी हातहरुबाट संकलन भएको रकमबाट स्वास्थ्य सामाग्री सहयोग गरेको पनि उनले बताए ।

त्यस्तै कार्यक्रममा स्वास्थ्य चोकी प्रमुख मुकुन्दप्रसाद चौलागाई र खिमानन्द पौडेलले प्राप्त स्वास्थ्य साग्रीबाट स्थास्थ्य चौकीको सेवा बिस्तारमा थप टेवा पुगेको र यसले चित्तपोलका जनताले केही सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गर्नै विश्वास दिलाए ।

Comments