साउन २१, २०७८, बिहीबार | विहान ०५:०७ बजे | 25


म

<!--[if !mso]> <style> v\:* {behavior:url(#default#VML);} o\:* {behavior:url(#default#VML);} w\:* {behavior:url(#default#VML);} .shape {behavior:url(#default#VML);} </style> <![endif]--><!--[if gte mso 9]><xml> </xml><![endif]--><!--[if gte mso 9]><xml> Normal 0 false false false EN-GB X-NONE X-NONE </xml><![endif]--><!--[if gte mso 9]><xml> </xml><![endif]--><!--[if gte mso 10]> <style> /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0cm 5.4pt 0cm 5.4pt; mso-para-margin-top:0cm; mso-para-margin-right:0cm; mso-para-margin-bottom:8.0pt; mso-para-margin-left:0cm; line-height:107%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:Mangal; mso-bidi-theme-font:minor-bidi;} </style> <![endif]-->

म मात्री भूमी नेपालको छोरा मलाई नेता र भ्रस्टाचारिको दास बनाइयो।।
म मेरै देशको दास बन्न चाहे तर उनिहरुले मलाई विदेशीको दास बनाए ।
म विदेशी मालिक बन्न चाहे तर उनिहरुले मलाई विदेश तिरै हुत्याए ।।
म मेरो देशकोप्रखर राष्ट्रवादी बन्न खोजे उनिहरुले मलाई पार्टीको कार्यकर्ता बनाए ।
म पार्टीकै प्रखर नेता बन्न चाहे उनिहरुले मलाई खुट्टा तान्ने प्रवृत्ति सिकाए ।।
म सुझाब दिने सुझावकार बन्न खोजे उनिहरुले मलाई हल्कारा बनाए ।
म उनिहरुलाई सकारात्मक सोच भावनाको उपहार दिन खोजेिि
तर, उनिहरुले मलाई नकारात्मक कर्मको पथमा हिडाए ।
म नितिको प्रचार गर्न खोजे तर उनिहरुले मलाई नेताको चाकरी गर्न सिकाए ।।
म सिद्धान्तका कुरा गर्न खोजे, उनिहरुले मलाई व्यक्तिका कुरा गर्न सिकाए ।
म कर्तव्यका कुरा गर्न खोजे, उनिहरुले मलाई अधिकारका कुरामा तड्पाए ।।
म सकारात्मक कर्म गर्न खोजे उनिहरुले मलाई नकारात्मककुरा सिकाए ।
म आस्थाका कुरा गर्न खोजे, उनिहरुले मलाई खास्साका कुरा सिकाए ।।
म बिचारका कुरा गर्नखोजे, उनिहरुले मलाईत छाड्का कुरा सिकाए ।
म मेरो देशको माया गर्न खोजे, उनिहरुले मलाई मेरो देशको मायाबाट तड्पाई दिए ।।
म पार्टीको वकालत गर्न खोजे, उनिहरुले मलाई गुटको वकालत गर्न सिकाए ।
म मेरो देशको पहिचान बढाउन खोजे उनिहरुले मलाई गुट्को सदस्यता दिलाए ।।
म जनताको काम गर्न खोजे , उनिहरुले मलाईनेताको चाकरी सिकाए ।
म मेरो देशको जनताको सेवामा लाग्न खोजे, उनिहरुले मलाई नेताको सेवामा लगाए ।।
म मेरो बिचार देशमा लगाउन खोजे, उनिहरुले मलाई अवसरवादीको पाठ सिकाए ।
म मेरो झुपडीमा रमाउन खोजे, उनिहरुले मलाई महलको सपना देखाए ।।
म मेरो घरको सकारात्मक पाटो लिन खोजे, उनिहरुले मलाई राजनितीको पाठ सिकाए ।
म मेरा जनताका भावना बुझ्न खोजे, उनिहरुले मलाई आसे(पासेको दर्जामा बस्न सिकाए ।।
म मेरैनितिमा लाग्न खोजे, उनिहरुले मलाई राजनितिमा लाग्न सिकाए ।
म मेरा जनता एकतामा लाग्न खोजे उनिहरुले मलाई जन्ताफुट गर्न सिकाए ।।
म मेरो देशको अश्मिता जोगाउन खोजे, उनिहरुले मलाई लुटमा सन्लग्न गराए ।
म मेरो देशको आम्दानि गराउन खोजे,उनिहरुले मलाई खर्चको पाटो सिकाए ।।
म मलाई नै गाली खान खोजे, उनिहरुले अनावश्यक ताली बजाउन सिकाए ।
म मेरो आफ्नो जिवनको सिढी चढ्न खोजे उनिहरुले अनावश्यक रुपमा लिफ्ट चढ्न सिकाए ।।
म मेरो गाउँ बनाउन खोजे, उनिहरु मलाई भत्काउन सिकाए ।
म मलाई राज्यको नोकर बन्न खोजे, उनिहरु मलाई देशै बाट निकाल्न सिकाए ।।
म मेरा जनता धनी हुने बाटो खोजे, उनिहरु म र मेरा जनतालाई धनिबाट नै खोस्न सिकाए ।
म मेरो देशको नोकर हुन खोजे, उनिहरु म र मेरा जनतालाई नेता बाट नै निकाल्न सिकाए ।।
म मेरो देशको सडक बनाउन खोजे, उनिहरु म र मेरा जनताका महल समेत खोस्न सिकाए ।
म मेरो देशको भत्किएको सड्क मर्मत गर्न खोजे, उनिहरु मलाई लगाएको माला पनि खोस्न सिकाए ।।
म मेरो देशमासबै थोक सुधार्न खोजे, उनिहरु मलाई सबै थोक बिगार्न सिकाए ।
म सबैलाई हसाउन खोजे, उनिहरु म र मेरो देशसहितलाई रुवाउन सिकाए ।।
जय राष्ट्र

Comments