भोली ललितपुरमा जोन्सन एण्ड जोन्सन खोप लगाइँदै


साउन १७, २०७८, आइतबार | विहान ०६:५० बजे | 5


भोली ललितपुरमा जोन्सन एण्ड जोन्सन खोप लगाइँदै

ललितपुर । जोन्सन एण्ड जोन्सन खोप ललितपुर महानगरपालिकामा भोलि सोमबारदेखि लगाइने भएको छ। खोप लगाउनका लागि महानगरपालिकाले तीनवटा खोप केन्द्र तोकेको छ ।

पाटन माध्यमिक विद्यालय, जावलाखेल चोक र महेन्द्र आदर्श माध्यमिक विद्यालय सातदोबाटोमा खोप लगाउन सकिने महानगरपालिकाले जनाएको छ।

साउन १५ गतेदेखि १७ गतेसम्म ४५ वर्ष माथिका नागरिकलाई महानगरले भेरोसेलको पहिलो डोज दिइरहेको छ।

भिडभाड हुने बढी क्षेत्रका नागरिकलाई भोलि साउन १८ गतेदेखि प्राथमिकताका आधारमा जोन्सन एण्ड जोन्सन खोप लगाउन लागिएको महानगरले जनाएको छ ।

सार्वजनिक सवारी चालक सहचालक, बैंक वित्तीय संस्था, सहकारी संस्थाका कर्मचारी, विदेश जान भिसा टिकट लिइ बसेका, अन्य पेशा व्यवसायीहरुलार्ई खोप दिइने महानगरले जानएको छ।

Comments