दधिकोटमा कोरोनाविरुद्धको खोप लिन हुलदंगा गरेपछि ..........


साउन १६, २०७८, शनिबार | दिउँसो ०२:४१ बजे | 25


दधिकोटमा कोरोनाविरुद्धको खोप लिन हुलदंगा गरेपछि ..........

भक्तपुर । कोरोनाविरुद्धको खोप लिन नियमअनुसार उपस्थित नभई हुलदंगको अवस्था उत्पन्न भएको भन्दै भक्तपुरको सूर्यविनायक अस्पताल दधिकोटले शनिबारको पूर्वनिर्धारित कोभिड १९ विरुद्धको खोप (भेरोसेल पहिलो डोज) दिने कार्यक्रम स्थगित गरेको छ ।

स्वास्थ्य मन्त्रालय, परिवार स्वास्थ्य महाशाखाबाट कोभिड १९ विरुद्धको खोप भेरोसेल पहिलो डोज लगाउन तोकिएको लक्षित समूहभन्दा बाहेकको समूहको उपस्थिति वढी रहेको र सो अनुरुप दधिकोट अस्पतालमा खोपको मोज्दातसमेत कमी भएको मात्रै नभई खोप लिन नियमअनुसार उपस्थित नभई हुलदंगको अवस्था आएकोले बाध्य भएर सेवा स्गगित गर्नुपरेको अस्पतालले जनाएको छ ।

यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति सूर्यविनायक नगरपालिका अस्पताल दधिकोटले सूचना प्रकाशित गरी क्षमायाचनासमेत गरेको छ । अर्काे सूचना नआएसम्म कार्यक्रम स्थगित रहेको सूचनामा उल्लेख छ ।

फाेटाेमा हेर्नुहाेस्...

दधिकोटमा कोरोनाविरुद्धको खोप लिन हुलदंगा गरेपछि ..........

Comments