आज थप ३६११ जनामा कोरोना संक्रमण पुष्टि


साउन १५, २०७८, शुक्रबार | विहान ११:२७ बजे | 5


आज थप ३६११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा ३ हजार ६ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार १४ हजार ६६१ नमुना परीक्षणमा ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा १ हजार ८१६ संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएका छन्। शुक्रबार ३१ हजार १४ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा कोरोनाबाट २७ संक्रमितको मृत्यु भएको छ। यो सँगै देशभर कोरोनाबाट ९ हजार ८३४ को मृत्यु भइसकेको छ। आज ३९० क्वारेन्टाइनमा छन्।

Comments